• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १० घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १० घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १२ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १३ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १६ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १७ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १७ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

स्थानीय निर्वाचनमा प्राप्त मत संख्यामा वाम गठबन्धन भर पर्न सक्दैन

admin २०७४, कार्तिक, १३

मंसिर १० र २१ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले, माओवादी र अन्य वाम घटकबीच चुनावी तालमेल भएको छ । यस गठबन्धनमा हृदयश त्रिपाठी नेतृत्वको स्वतन्त्र समुह पनि सामेल छ । एमाले र माओवादी बीच भने अहिले चुनावी तालमेलको बाटो हुँदै भविश्यमा पार्टी एकता गर्ने सहमति भएको छ । यस घटनाले दुवै पार्टीका कार्यकर्ता र शुभेच्छुक बीच उत्साहको सञ्चार गरेको देखिएको छ ।

चुनावी तालमेल पश्चात विभिन्न जिल्लामा प्रतिस्पर्धी उम्मेदवारले प्राप्त गर्ने मतबारे आकलन भइरहेका छन् । सञ्चार माध्यममा आएका विश्लेषणले भर्खरै सम्पन्न स्थानीय चुनावमा एमाले र माओवादीले पाएको मतसंख्या लाई आधार बनाएर चुनावी प्रक्षेपण गर्दै वाम दल बलियो भएको उल्लेख गरिरहेका छन् ।

केन्द्र/प्रदेशको निर्वाचन र स्थानीय निर्वाचनका आयाम फरक हुन्छन् । स्थानीय निर्वाचनमा उम्मेदवार धेरै थिए । एउटा दलबाट मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्य सहित ७ जनाको समुहले एउटा वडामा सघन प्रचार गर्दा स्थानीय स्तरमा धेरै मत प्रभावित हुनु स्वाभाविक हो । त्यसमाथि चुनावमा उठेका उम्मेदवारसँग प्रत्यक्ष चिनजान र सम्पर्क हुने हुँदा मतदाताले स्थानीय निर्वाचनमा लिने निर्णय स्थानीयताले नै ज्यादा प्रभावित हुन्छ । त्यसको ठीक विपरित केन्द्र र प्रदेशको निर्वाचनमा मतदाता अपेक्षाकृत ज्यादा स्वतन्त्र हुन्छन् । उम्मेदवारसँग धेरै मतदाताको सिधा चिनजान सम्भव हुँदैन । त्यसैले चुनावी लहर, प्रचारको प्रभावकारिता र राष्ट्रिय रुपमा उम्मेदवारको दलले लिएका नीतिले मतदाताको निर्णयमा प्रमुख भूमिका खेल्छ । 

यो यथार्थ हो कि, विगत स्थानीय निर्वाचन धेरैजसो जिल्लामा एमाले, माओवादी र गठबन्धनमा सामेल घटकले प्राप्त गरेको मत संख्या जोड्दा कांग्रेस नेतृत्वको गठबन्धन भन्दा धेरै मत छ । तर, त्यो मत जस्ताको तस्तै वाम गठबन्धनका पक्षमा सर्लक्कै खस्छ भन्ने सोच र मुल्यांकन गलत हुन्छ । दुई वा तीन दल एक हुँदा त्यसले ल्याउने सकारात्मक प्रभावका कारण मतसंख्या झन् बढ्न पनि सक्छ । अर्काेतिर गठबन्धन भित्रका असन्तुष्टिको ब्यवस्थापन हुन सकेन भने मत घट्ने सम्भावना त्यतिकै रहन्छ । कांग्रेसका उम्मेदवारले वाम गठबन्धन भित्र असन्तोषको खोजी गर्दै त्यसमा खेलेर आफ्नो सम्भावना बलियो पार्ने प्रयास गर्छन् । कांग्रेसले पनि राप्रपासँग तालमेल गरेकाले त्यहाँको असन्तोषमा खेल्ने प्रयास वाम गठबन्धनका उम्मेदवारले गर्छन् । यस्तो अवस्थामा जित्न चाहने उम्मेदवारले स्थानीय चुनावको मतसंख्यामा भर नपरी आफ्नो गठबन्धनका संगठन र कार्यकर्ता परिचालन गर्दै प्रत्येक मतदाता समक्ष पुग्ने प्रयास गर्नुपर्छ ।

संख्यात्मक हिसावले वाम गठबन्धन संगठनात्मक फाइदामा छ । एमाले र माओवादीका स्थानीय कार्यकर्ता आपसमा जोडिएर परिचालित भए उनीहरुसँग जनशक्तिको कमी रहने छैन । राप्रपासँग गठबन्धन भए पनि प्राय निर्वाचन क्षेत्रमा कांग्रेसले एक्लै चुनाव प्रचार धान्नु पर्नेछ । राप्रपाको संगठन ब्यक्ति केन्द्रित छ । दुवै गठबन्धनका उम्मेदवारले नकारात्मक प्रचारबाजी भन्दा आ–आफ्ना मुद्दा जनतामा प्रस्तुत गरेर मत माग्नु उनीहरुका लागि फाइदाजनक छ । यसको उदाहरण ओखलढुंगामा वाम गठबन्धनले प्रस्तुत गरेको छ । कांग्रेसका पुराना नेता बलबहादुर राईको शालिकमा माल्यार्पण गर्दै गठबन्धनका तर्फबाट एमाले उम्मेदवार यज्ञराज सुनुवारले असल उदाहरण प्रस्तुत गरेका छन् । सुनुवारका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार कुनैबेला उनै राईका निजी सहायक थिए । सुनुवारको कदमले उनी जिल्लामा सबैका स्वीकार्य नेता बन्न सक्छन् भन्ने प्रमाणित गरेको छ । गठबन्धनका उम्मेदवारले देशभरी यो सहिष्णुताको उदाहरण पछ्याउन सके संख्या सँगै नैतिकताको लाभ पनि उनीहरुले उठाउन सक्नेछन् । चक्रपथ डट कम बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.