म्याग्दीमा वाम गठबन्धन लोकतान्त्रिक भन्दा ७ हजार मतले अगाडि
म्याग्दी । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेसँगै म्याग्दीका उम्मेदवार भोट माग्न गाउँ पसेका छन् ।नेता, कार्यकर्ता र कलाकारको टोलीसहित उम्मेदवार चुनाव प्रचारका लागि गाउँ पसेका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारको टोलीले प्रदेश सभा क्षेत्र नं २ मा पर्ने मंगला गाउँपालिका–३ बरंजाबाट शुक्रबारदेखि संयुक्त चुनाव प्रचार अभियान शुरु गरेको छ । राजनीतिक दलले प्रचारसभामा गीत तथा नृत्य प्रस्तुत गर्न कलाकारको टोलीसमेत बनाएका छन् ।
ग्रामीण क्षेत्रका कृषक धान, कोदो भित्र्याउने, गहुँ, जौ छर्ने काममा व्यस्त भएकाले दलहरुले चुनाव प्रचारका लागि तीन चरणको कार्यक्रम बनाएका छन् । वडास्तरमा कार्यकर्ता भेटघाट, चुनावीसभा र घरदैलो गरेर भोट माग्ने कार्यक्रम बनाइएको एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । “एमाले–माओवादी केन्द्रबीच भएको चुनावी तालमेल र पार्टी एकताको सहमतिको सन्देश कार्यकर्ता तहमा पु¥याउँदै मतदाता शिक्षालाई प्रभावकारी बनाउन कार्यकर्तालाई घरदैलोमा परिचालन गरेका छौँ,” उनले भने ।
जिल्लास्तरमा एमाले र माओवादी केन्द्रको सात सदस्यीय संयुक्त चुनाव प्रचारप्रसार कार्यदल गठन भएको र स्थानीय तह तथा वडास्तरमा सोही संरचना तयार पारेर संयुक्त प्रचार अभियान सञ्चालन गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले बताए । कार्यकर्तालाई प्रशिक्षण, उम्मेदवारसहित आमसभा र घरदैलो गर्ने कार्यक्रम तय भएको पौडेलले बताए । नयाँ संविधानले परिकल्पना गरेअनुसार पहिलो पटक हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि एमाले र माओवादी केन्द्र तथा काँग्रेस र राप्रपाले तालमेल गरेर उम्मेदवार उठाएका छन् ।
नेपाली काँग्रेस म्याग्दीका नेता रेशमबहादुर बानियाँले चुनावीसभाभन्दा पनी मतदाताको घरदैलोमै पुग्ने गरी चुनाव प्रचारको कार्यक्रम बनाइएको बताए । तरुण दल, महिला, नेविसंघका कार्यकर्तालाई घरदैलो अभियानमा परिचालन गरिएको उनले बताए । प्रतिनिधि सभामा काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजा र एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा, प्रदेश सभाका लागि क्षेत्र नं १ मा माओवादीका विनोद केसी, राप्रपाका भीमप्रसाद गौचन तथा प्रदेश सभा क्षेत्र नं २ मा एमालेकी नरदेवी पुन र काँग्रेसका अमलाल फगामीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।गत वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा जिल्लामा रहेका ४५ वटा वडाका अध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार बनाउँदा म्याग्दीमा वाम गठबन्धन काँग्रेस–राप्रपा गठबन्धनभन्दा सात हजार मतले अगाडि छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्यका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एक नगरपालिका, पाँच गाउँपालिका, ४५ वटा वडा, ७२ मतदानस्थल र १०२ मतदान केन्द्र रहेको जिल्लामा ७५ हजार ५३८ मतदाता रहेका छन् ।नेपाल टक डट कम बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

