• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, असार १८, २०८२
बुधबार, असार १८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान

२०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

देशभरका ८ कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप : फोटोन टुनल्यानड जी७

आईएमई डिजिटल र खल्ती मर्जर सम्पन्न, ‘आईएमई खल्ती लिमिटेड’ को रुपमा साउन १ देखि कारोबार सुरु

ब्राड पिटको एफ–१ ले कमायो पहिलो सातामा १४४ मिलियन डलर, बनायो रेकर्ड

नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

लोकप्रिय समाचार

  • १. २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार १३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार १४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार १२ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार १५ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. बढ्यो सुन–चाँदीको भाउ,कतिमा हुँदैछ कारोबार?

  • ८. १२ जिल्लामा भारी वर्षाको जोखिम

  • ९. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • १०. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

वाम एकता कुनै हालतमा नहुने रहस्य खुल्यो, यस्तो रहेछ भित्री कारण

पटक पटक हुने कम्युनिष्ट पार्टी निर्माणको बहसलाई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनले पुनः तताएको छ ।आउँदो मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल हुँदै निर्वाचनपछि पार्टी एकता गर्ने यी दलको समझदारी र घोषणाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत ध्यान तानेको छ ।एमाले र माओवादी केन्द्रवीच सहमती भएर वाम गठबन्धन बनेसँगै नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धन खडा गर्दै मुलुकमा वामपन्थी हाबी भएमा लोकतन्त्रमा खतरा उत्पन्न हुने चेतावनी दिन थालेको सहजै अनुमान गर्न सकिन्छ ।
नेपालमा रहेको कम्युनिष्ट पार्टीहरुले गरेको वाम गठबन्धनको विरुद्ध नेपाली काँग्रेसले समेत साना दलहरुलाई मिलाएर लोकतान्त्रीक गठबन्धन बनाएको छ ।नेपालमा माक्र्स र लेलीनको सर्वहारा वर्गीय उत्थान तथा द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई पालना गर्दै २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । कम्युनिष्ट पार्टी स्थापना भएदेखि टुटफुट, विभाजन, आरोप–प्रत्यारोप र एकताको शृंखला चल्दै आएको छ ।एमाले र माओवादी केन्द्रका शीर्ष नेता तहमा भएको पार्टी एकताको समझदारी निर्वाचनपछि के हो भन्ने चासो ती पार्टीकै कतिपय नेता, कार्यकर्ता र शुभेच्छुकमा उत्पन्न भएको छ । कतिपयले यो चुनावी एकता मात्र हो भन्ने ठानेका छन् भने कतिपय पार्टी एकता रोकिन नसक्ने औँल्याउन थालेका छन् ।
एकता संयोजन समिति र केन्द्रीय तहमा रहेका एमाले र माओवादी केन्द्रका नेताहरूले भने चुनावपछि आफूहरूले पार्टी एकता गर्ने र बहुमत ल्याई स्थिर सरकारले दिने जनाउँदै आएका छन् ।एमालेका सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले शनिबार ताप्लेजुङमा आयोजित चुवानी सभामा आफूहरू अब कम्युनिष्ट पार्टीको नामको पछाडि कोष्टकमा रहेको नाम ९पुच्छर०हटाई नेपाल कम्युनिष्ट पार्टी निर्माणको अभियानमा जुटेको बताए ।मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ मा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच संयुक्त एकता संयोजन समिति गठन भएकामा निर्वाचनको उम्मेदवारी बाँडफाँडमा विवाद भएपछि नयाँ शक्ति लोकतान्त्रिक गठबन्धनमा सामेल हुनु पुग्यो । राष्ट्रिय जनमोर्चा भने एमाले र माओवादी केन्द्रसँग चुनावी तालमेलमा जोडिएका छन् ।

एमाले र केन्द्रको पार्टी एकीकरण गर्नेलगायत छबुँदे अन्य साना वाम दल र प्रगतिशील शक्तिलाई पनि सामेल गराउने घोषणा थियो । त्यसलाई पछ्याउँदै नेकपा ९संयुक्त० माओवादी केन्द्रमा समाहित भएको छ भने नेकपा ९माले० को ठूलो समूह एमालेमा एकीकृत भएको छ ।तर नेपाल मजदुर किसान पार्टीले कुनै पनि गठबन्धनमा सामेल नहुने निर्णय गरेको छ भने मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले एमाले र माओवादी केन्द्रको सहयात्राले समाजवादी क्रान्ति पूरा नहुने प्रतिक्रिया दिएका छन् ।एकता संयोजन समतिले पार्टीको नेपाली क्रान्तिको सिद्धान्त विकसित गर्न, साझा विधान र दस्तावेज बनाउन अलग्गै संयुक्त कार्यदल गठन गर्ने तथा एकता नभएसम्म सबै पक्षले नकारात्मक आलोचना नगरी स्वच्छ वैचारिक बहस गर्न पाउने दुई दलको सहमति छ ।
चुनावी तालमेलको सहमतिअनुसार अन्य आउन सक्ने देशभक्त प्रगतिशील शक्तिलाई दिएर बाँकी रहेको प्रत्यक्षतर्फको स्थानमा ६० प्रतिशत एमाले र ४० प्रतिशतमा माओवादी केन्द्रलाई बाँडफाँड गरिनेछ । सकेसम्म एउटै निर्वाचन चिह्नमा लड्ने यी दलको प्रयास भने प्राविधिकरुपमा असम्भव भएको छ ।एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ पार्टी एकता र चुनावी तालमेलको सन्देश दिन जिल्ला, गाउँ र वडा तहसम्म संयुक्त परिचालन एवं संयोजन समिति गठनको कार्य प्रारम्भ भएको बताएका छन् । उनले जनताको चाहना वामपन्थीहरूको नेतृत्व र त्यसपछिको समृद्धि भएकाले त्यो जिम्मेवारी आफूहरूले पूरा गर्ने उल्लेख गरेका छन्माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपाने चुनावलगत्तै एकता हुनेमा विश्वस्त छैनन् । न्यौपानेले भने, ‘आफ्ना आफ्ना पार्टीभित्रको व्यवस्थापन त जटिल विषय बनेको छ भने एकतामा पुग्न मिलाउन पर्ने अन्य विषय बाँकी नै छन् ।’ तपाइको खबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान
    रौतहटमा भारतिय नम्बरको चोरीको स्कार्पियो बरामद
    रौतहटमा सर्पको टोकाईवाट दुईजनाको मृत्यु

    लोकप्रिय

    २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १२ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो

    यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

    महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

    सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो
    • यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव
    • महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
    • सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान
    • २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.