Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

बिट क्वाईन कारोबारी सन्चालक पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, कार्तिक, १३
बिट क्वाईन कारोबारी  सन्चालक पक्राउ

काठमाडौँ । वित्तीय उपकरण जारी गरी अवैध बिटकोइन लगायतका ‘क्रिप्टोकरेन्सी’को खरिद–बिक्री गरी विदेशी विनिमयसमेत कारोबार गर्ने बिट सेवा प्रालिका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिटसेवा प्रालिका अध्यक्ष कास्की, पोखराका राम ढकाल र प्रालिका कार्यकारी निर्देशक काठमाडौँ, असनका पुरुषोत्तम धर तुलाधरलाई पक्राउ गरेको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को बर्खिलाप हुने गरी नेपाल राष्ट्र बैंकसँग कुनै इजाजत नै नलिई उनीहरुले अनलाइन प्रविधिको व्यापार–व्यवसाय, सूचना सम्प्रेषण एवं सफ्टवेयर विकास गर्ने प्रयोजनका लागि भनी प्रालिको नाममा धधध।दष्तकभधब।अयm वेबसाइट खोलेको प्रहरीले जनाएको छ ।उनीहरुले अनलाइन र फेसबुक पेज खोली सोमार्फत निश्चित प्रतिशत कमिसन लिई अवैध बिटकोइन लगायतका ‘क्रिप्टोकरेन्सी’को कारोबार गर्ने गरेका थिए । पक्राउ परेकाबारे नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम अनुसन्धान भइरहेको छ ।

यसैगरी विदेशबाट सामान आएको भनी विभिन्न व्यक्तिलाई रु एक करोडभन्दा बढी ठगी गर्ने गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हुण्डीमार्फत भारतमा रकम पठाउने कार्यमा संलग्न भारतको उत्तर प्रदेश, गोरखपुर घर भई हाल काठमाडौँ डिल्लीबजार बस्ने प्रदीपकुमार अग्रवाललाई आज पक्राउ गरेको हो ।बेलायती नागरिकको नाममा फेसबुक खाता खोली बहुमूल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलर पठाएको तर भारतको राजश्व कार्यालयमा सामान रोकिएको भन्दै सो सामान छुटाउन भनी विभिन्न व्यक्तिलाई ठगी गर्ने गरेका ब्यूरोले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स