आलियालाई दीपिकाको अनौठो चिठ्ठी, के छ चिठ्ठीमा ?
बलिउडका नायिकाहरुबीच आपसी सम्वन्ध त्यति राम्रो छैन । कसैको फिल्म खोसेको निहुँमा त कसैको व्वाइफ्रेण्ड खोसेको निहुँमा एक-अर्कालाई फुटेको आँखाले पनि हेर्न सक्दैनन् ।तर, दीपिका पादुकोण र आलिया भट्टको कुरा अलग छ । उनीहरु एक-अर्काको प्रशंसा गरेर थाक्दैनन् । दीपिकाको नयाँ फिल्म पद्मावतीको ट्रेलर हालै सार्वजनिक भएको छ । आलियाले उक्त ट्रेलरलाई लिएर दीपिकाको जमेर प्रशंसा गरिन् ।

एउटा पोडकास्टमा आलियाले दीपिकाको बारेमा भनिन्, ‘पद्मावतीको रुपमा दीपिका साह्रै राम्री देखिएकी छिन् । मलाई थाहा छ कि म कहिल्यै उनीजस्तो देखिन सक्दिन । न उनीजस्तो गर्न नै सक्छु । दीपिका विलकुल रानीजस्ती देखिएकी छिन् । मलाई विश्वास छ उनले फिल्ममा काम पनि शानदार गरेकी छिन् ।’यसमा दीपिकाले टि्वट गर्दै आलियालाई जवाफ दिएकी थिइन् । उनले लेखिन्, ‘माइ आलू… यू मेक नो सेन्स… लभ यू ।’तर, त्योभन्दा दुई कदम अघि बढेर दीपिकाले आलियालाई एउटा चिठ्ठी नै पठाइन् । त्यो पनि एउटी फ्यानको रुपमा । लक्स गोल्डन रोज अवार्ड्स २०१७ को प्रोमोमा आलियालाई दीपिकाले यो चिठ्ठी दिएको देख्न सकिन्छ । इन्स्टाग्राममा पनि यसको एउटा भिडियो सेयर भएको छ ।
चिठ्ठीमा दीपिकाले लेखेकी छिन्ः
डियर आलिया‘हाइवे’ मा तिमी बिना मेकअप पनि असाध्यै सुन्दरी देखिएकी थियौ । तर सडकमा बिताएका ती ५२ कठिन दिन कसैले थाहा पाएनन् । आलिया, तिमी छौं सबैभन्दा सानी, तर मेहनत गर्नमा सबैभन्दा ठूली ।तिम्री सबैभन्दा ठूली फ्यान दीपिका र आलियाको यो मित्रता देखेपछि भन्न करै लाग्छ कि बलिउडमा नायिकाहरुबीच मित्रता र प्रेमको युग सुरु भएछ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
