क्याटलोनियाका नेता कार्ल पुईग्डेमोन्टलाई पक्राउ गर्न आदेश
म्याड्रिड । स्पेनका एक जना न्यायाधिशले बर्खास्त भएका क्याटलोनियाका पृथकतावादी नेताहरुलाई पक्राउ गर्न आदेश दिएका छन् । नेता कार्ल पुईग्डेमोन्टलाई अदालतमा उपस्थित हुन आदेश दिदा उपस्थित नभएपछि न्यायाधिशले उनीहरुलाई पक्राउ गर्न आदेश दिएका हुन् । संविधानको उलङ्घन गरी आफ्नो क्षेत्रलाई छुट्टै राज्य बनाउन आन्दोलन गरेको विषयमा सोधपुछ गर्न न्यायाधिशहरुले उनीहरुलाई अदालतमा उपस्थित हुन आदेश दिएका थिए ।

स्पेनले विद्रोह, देशद्रोह र सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलाउने बताएपछि बर्खास्त गरिएका क्याटलोनियाका नेताहरु गत हप्ता बेल्जियम गएका छन् । क्याटलोनियाका विद्रोही नेता पुईग्डेमोन्टसहित अन्य चार जना पनि अहिले बेल्जियममै रहेको बताएको छ । उनीहरुलाई पनि केन्द्रिय सरकारले एक हप्ता अगाडी बर्खास्त गरेको थियो । अदालतले उनीहरुलाई पनि पक्राउ गर्न आदेश दिइएको बताएको छ ।
पक्राउ आदेश आउन भन्दा अगाडी बेल्जियमको एउटा टेलिभिजनलाई शुक्रबार अन्तवार्ता दिदै नेता पुईग्डेमोन्टले स्पेनको अदालतमा राजनीतिकरण भएको बताएका थिए । राजनीतिक प्रभावमा परेको अदालतले निश्पक्ष निर्णय गर्न नसक्ने भएकाले न्यायको सुनिश्चितता नभएको उनको भनाई छ । एएफपी
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

