• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, पुष ११, २०८२
शुक्रबार, पुष ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ५. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • ८. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

  • १०. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

जनताको समस्या बुझ्न भेष बदलेर घुम्थे राजा महेन्द्र

काठमाडौँ । राजा महेन्द्र जनताका गुनासा एवं समस्या सुन्न र बुझ्न कहिलेकाहीँ आफैँ पनि सडकमा निस्किन्थे ।

प्रशासनिक निकाय र कर्मचारीले जनतालाई दु:ख दिएको उनलाई पटक्कै मन पर्दैनथ्यो । विसं २०१९ भदौ महिनाको कुरा हो । म राजदरबारको संवाद सचिवालयमा काम गर्थें । कार्यालयका हाकिम आफू नजिकका मानिसहरूलाई सतर्क रहन नेवारी भाषामा खासखुस गरिरहेका थिए । आफू हाकिमको नजिकको मानिस परिएन, फेरि मलाई नेवारी भाषा बोल्न आउँदैनथ्यो, बुझ्न पनि त्यति राम्रोसँग बुझ्दिनथेँ । त्यस दिन डराएको र बडो अनुशासित ढंगले कर्मचारीहरू आ–आफ्नो काममा खटिएका थिए ।

वास्तवमा अघिल्लो दिनको राजा महेन्द्रको कदमले उनीहरूलाई झस्काएको रहेछ । प्रशासन त्यतिबेला जनताको नजरमा अलिक बदनाम थियो । विभिन्न किसिमका गुनासा र उजुरी परेपछि राजा महेन्द्रले नेपाल प्रहरीका आईजीपी जीबी याकथुम्बालाई हटाएर उनको ठाउँमा ढुण्डीराज शर्मालाई नियुक्त गरेका थिए । यसो गर्दा पनि तल्लो तहमा व्याप्त भ्रष्टाचार कम नभएको उजुरी राजाकहाँ परिरहेका थिए । असनबाट राजदरबारतर्फ फर्किंदै गरेका राजाको मनमा लागेछ, आफैँ यसो परीक्षण र निरीक्षण किन नगर्ने ?

त्यही सोचेर अघिल्लो राती ११ बजे राजा महेन्द्र कार्यालयको काम सकेर ‘मुड फ्रेस’ गर्न भनेर आफैँले मोटर चलाएर दरबारबाहिर निस्किएका रहेछन् । यसको जानकारी दरबारको सम्बन्धित निकायलाई पनि थिएन । चिसो हावा खाँदै टुँडिखेल, नयाँसडक, इन्द्रचोक हुँदै असनबाट उनी राजदरबारतर्फ फर्किंदै रहेछन् । राजा आफ्नो मोटरको हेड लाइट निभाएर बिस्तारै असनबाट अगाडि बढिरहेका थिए ।

गणेशस्थानमा सेन्ट्री बसेका प्रहरीले गाडी रोकेछन् । सेन्ट्रीले अगाडिको बत्ती बाल्न भनेछन् । राजाले नम्र हुँदै आफ्नो मोटर बिग्रिएकाले बनाउँदा बनाउँदै राती भयो, आज यत्तिकै भयो, भोलि बत्ती बनिहाल्ने भएकाले छाडिदिन आग्रह गरेछन् । तर पनि ती प्रहरीले मानेनछन् ।

राजाले खल्तीबाट १० रुपियाँ झिकेर तिनको हातमा थमाउने प्रयास गरेछन् । तर, प्रहरीले त्यो रकम लिनै मानेनछन् र नजिकै अन्नपूर्ण मन्दिरको दक्षिणमा रहेको प्रहरी चौकीका हबल्दारलाई खबर गरेछन् । प्रहरी हबल्दार आएर कुराकानी गर्न थालेपछि सेन्ट्री बसेका प्रहरी किनारा लागे । राजाले चाहिँ १० होइन, २० रुपियाँ हातमा थमाइदिएछन् । पैसा पाउनासाथ प्रहरी हबल्दारले सेन्ट्री बसेका प्रहरीलाई ‘छोड्दे, जान दे’ भन्दै चौकीतर्फ फर्किएछन् ।

त्यसपछि राजा मोटर हुइँकाएर राजदरबार पुगे । तत्काल आईजीपी ढुण्डीराज शर्मालाई फोन सम्पर्क गरी ‘अहिले नै तिमी अन्नपूर्ण मन्दिरको दक्षिणमा रहेको प्रहरी चौकीमा गई त्यहाँ कार्यरत प्रहरी हबल्दारलाई जागिरबाट हटाऊ’ भन्ने निर्देशन दिए ।

साथै, असनमा सेन्ट्रीमा बसेको इमानदार प्रहरीलाई प्रोत्साहनस्वरूप एक तह बढुवा गर्न पनि निर्देशन दिए । प्रहरी आईजीपी शर्माले सोहीबमोजिम गरी दरबारमा जाहेर गरेपछि भोलिपल्ट कर्मचारी वृत्तमा खलबली मच्चिएको थियो । राजा महेन्द्रले आमनागरिकको भेषमा छड्के गरिरहेको थाहा पाएपछि कर्मचारी वृत्त अत्तालिनु स्वाभाविक पनि थियो ।

राजा महेन्द्र दण्ड–सजाय र पुरस्कारको सवालमा नमुना राजा नै थिए । असल र इमानदार राष्ट्रसेवकलाई उनले पुरस्कार, विभूषण, बढुवा र नगद बक्सिस मात्र होइन, घर, घडेरी र खेतीयोग्य जमिन पनि थुप्रो बाँडेका थिए ।

ईश्वरी ज्ञवालीद्वारा प्रस्तुत रेवतीरमण खनालको स्मरण,नेपाल साप्ताहिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.