• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • ८ घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • ९ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • १० घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • १० घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • १२ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • १४ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • १५ घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ४. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ५. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ६. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ७. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • ८. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

यी हुन् २९ आफन्त उम्मेदवार: दम्पतिदेखि भदाज्वाँइ हुँदै जेठी सासूसम्म (सुचिसहित)

admin २०७४, कार्तिक, २४

कात्तिक २४, काठमाडौँ ।

आफन्त तर राजनीतिमा सक्रिय कांग्रेस उम्मेदवार
तीनै कोइराला उम्मेदवार

नेपाली राजनीतिको केन्द्र भागमा रहेको कोइराला परिवारबाट सधैँजसो यसपालि पनि धेरै उम्मेदवार छन् । हजुरबा एउटै अर्थात् कृष्णप्रसाद कोइराला हुन् । तर, बिपीपुत्र तथा कांग्रेस महामन्त्री डा. शशांक नवलपुर १ बाट तेस्रोपटक प्रतिस्पर्धामा छन् ।

कृष्णप्रसादका काइँला छोरा अर्थात् बिपीका भाइ केशवपुत्र शेखर मोरङ ६ बाट निर्वाचन लड्दै छन् । त्यस्तै, गिरिजाप्रसादपुत्री सुजाता प्रतिनिधिसभा समानुपातिकको सूचीमा खस–आर्य महिलामा पहिलो नम्बर छिन् । तीनैजना एकै परिवारका भए पनि राजनीतिमा प्रभावशाली भूमिकामा सक्रिय छन् ।

डाक्टर महत दाजुभाइ

कांग्रेसबाट दाजुभाइ डा. रामशरण महत नुवाकोट १ र डा. प्रकाशशरण महत काठमाडौं ५ बाट प्रतिस्पर्धामा छन् । दाइ महत लगातार नुवाकोटबाट निर्वाचन लड्दै आएका छन् । ०४८ को निर्वाचनबाहेक उनी हरेकपटक सफल हुँदै आएका छन् । उता, भाइ प्रकाशशरणले लगातार दुईपटक समानुपातिकबाट प्रतिनिधित्व गरेका थिए । यसपालि उनी एमाले महासचिव ईश्वर पोखरेलसँग भिड्दै छन् । उनीहरू कांग्रेसका दुई समूहका उत्तिकै प्रभावशाली नेता हुन् ।

केसी दाजुभाइ नुवाकोटमा

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी नुवाकोट २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । उनका भाइ एवं नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसी नुवाकोट २ (क)मा प्रदेश सभामा उम्मेदवार बनेका छन् । संविधानसभाको पहिलो निर्वाचन हारेका अर्जुननरसिंहले दोस्रो निर्वाचन जितेका थिए । यसपालि उनी एमालेका नारायण खतिवडासँग प्रतिस्पर्धा गर्दै छन् । केसी परिवार नुवाकोटको राजनीतिमा प्रभावमा छ ।

देउवापत्नी आरजु प्रत्यक्ष निर्वाचनमा

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेदवार बनेका छन् । देउवा परम्परागत रूपमा डडेल्धुरा र पत्नी आरजु कैलाली ५ बाट लड्दै छन् । ०७० को संविधानसभा निर्वाचनमा शेरबहादुरले कैलाली ६ बाट पनि निर्वाचन जितेका थिए । अहिले क्षेत्र घट्दा सोही ठाउँमा आरजु उठेकी हुन् । आरजुले समानुपातिकबाट कांग्रेसलाई प्रतिनिधित्व गर्दै आएकी छिन् ।

कोइराला परिवारका ज्वाइँ दिलबहादुर

कोइराला परिवारकी भान्जी शैलजा आचार्यका बहिनीज्वाइँ पर्ने दिलबहादुर घर्ती यसपटक लमजुङबाट प्रतिनिधिसभा निर्वाचन लड्दै छन् । घर्ती आफैँ पनि राजनीतिमा सक्रिय छन् । उनको प्रतिस्पर्धा वाम गठबन्धनका देव गुरुङसँग हुँदै छ ।

राजनीतिभन्दा बलियो नातावाद
खाणदम्पती उम्मेदवार

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणको नाम समानुपातिकतर्फबाट एक नम्बरमा छ । उनकी पत्नी मञ्जुको नाम पनि महिलातर्पmबाट समानुपातिकमै राखिएको छ । मञ्जु खस–आर्य महिला समूहको आठौँ नम्बरकी उम्मेदवार छिन् ।

खुमबहादुरपत्नी पनि सूचीमा

कांग्रेसका अर्का प्रभावशाली नेता खुमबहादुर खड्काकी पत्नी शिला शर्मा पनि प्रतिनिधिसभामा खस–आर्य कोटाबाट समानुपातिक उम्मेदवारको सूचीमा परेकी छिन् । भ्रष्टाचार अभियोगमा सर्वोच्चको अन्तिम फैँसलाबाट जेल सजाय भोगेका खड्का कानुनतः उम्मेदवार बन्न नपाउने भएपछि पत्नीको नाम समावेश गरिएको हो । शिलाको उम्मेदवारी महिला क्रमको नवौँ नम्बरमा छ । ०७० को निर्वाचनमा कांग्रेसले शिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो । तर, खुमबहादुरले नाम फिर्ता गराएर समानुपातिकबाट सांसद बनाएका थिए ।

निधिकी जेठीसासू पनि उम्मेदवार

कांग्रेस नेता विमलेन्द्र निधिकी जेठीसासू दीपशिखा शर्मा पनि प्रतिनिधिसभा समानुपातिकमा महिलाबाट ६ नम्बरमा परेकी छिन् । दीपशिखा ०४८ मा सिन्धुली ३ बाट जितेका ध्र्रुव शर्माकी श्रीमती हुन् । पूर्वसांसद शर्माको निधन भइसकेको छ ।

महेश आचार्यका सम्धी र भान्जा

कांग्रेस नेता महेश आचार्य स्वाभाविक रूपमा मोरङ ४ बाट उम्मेदवार छन् । तर, उनका भान्जा दीपेन्द्र ढकालले पनि प्रदेश सभा १ बाट समानुपातिकमा उम्मेदवारी पाएका छन् । त्यति मात्र होइन, आचार्यका सम्धी विश्वनाथ रिजाल पनि मोरङ ४ को (ख)बाट प्रदेश सभाका उम्मेदवार बनेका छन् ।

कोइराला परिवारका भदाज्वाइँ पनि

नोना कोइरालाका भदाज्वाइँ खिमप्रसाद भुसाल प्रतिनिधिसभाको खस–आर्य पुरुषको समानुपातिक उम्मेदवार बनेका छन् । राजनीतिमा नाम नसुनिए पनि उनी खस–आर्यको नवौँ नम्बरमा छन् ।

सीतादेवीका छोरा उम्मेदवार

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव स्वाभाविक रूपमा मधेसी सूचीमा एक नम्बरमा छिन् । तर, उता छोरा डा. सुभाषचन्द्र यादव पनि सिरहा ३ (ख)बाट प्रदेश सभामा उम्मेदवार बनेका छन् ।

बलबहादुर केसीकी बहिनी

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसी सोलुखुम्बुबाट प्रत्यक्षतर्फबाट निर्वाचन लड्दै छन् । ०६४ मा निर्वाचन हारेका केसीले ०७० मा जितेका थिए । यसपालि उनकी बहिनी गोमा केसी पनि प्रतिनिधिसभामा समानुपातिकतर्फ खस–आर्य महिला सूचीको १२औँ नम्बरमा छिन् ।

एमालेमा सक्रिय आफन्तजनलाई टिकट
झलनाथ र भीम आचार्य साढु

एमाले वरिष्ठ नेता झलनाथ खनाल र सचिव भीम आचार्य साढुका रूपमा नातेदार भए पनि राजनीतिमा उत्तिकै सक्रिय छन् । खनाल इलाम १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र आचार्य सुनसरी १ (ख)बाट प्रदेश सभामा उम्मेदवार छन् । आचार्यलाई प्रदेश नं. १ को मुख्यमन्त्रीका रूपमा पनि प्रचार गरिएको छ । भोजपुरबाट प्रदेश सभामा उठेका पूर्वमन्त्री शेरधन राई मुख्यमन्त्रीका रूपमा आचार्यका प्रतिस्पर्धी हुन् ।

गौतम पति–पत्नी उम्मेदवार

एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १ बाट प्रतिनिधिसभामा उम्मेदवार छन् । एमालेकै महिला संघकी उपाध्यक्ष रहेकी उनकी पत्नी तुलसी थापा प्रतिनिधिसभामा समानुपातिकबाट जनजाति महिलातर्फ उम्मेदवार छिन् । छैटौँ नम्बरमा नाम रहेकाले उनी सांसद हुने लगभग निश्चित छ ।

शंकरपत्नी समानुपातिकको सूचीमा

स्थायी समिति सदस्य शंकर पोखरेल दाङ २ (क)बाट प्रदेश सभामा उम्मेदवार छन् भने केन्द्रीय सदस्य सुजिता शाक्य प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार छिन् । पोखरेलपत्नी शाक्य जनजाति समूहको महिलातर्फ तेस्रो नम्बरमा छिन् ।

पाण्डे दाजुभाइ प्रत्यक्षमा

स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे चितवन १ बाट प्रतिनिधिसभामा र पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे धादिङ १ (क)बाट प्रदेश सभामा उम्मेदवार छन् । उनीहरू सहोदर दाजुभाइ हुन् ।

कृष्णगोपाल र श्रीमती उम्मेदवार

एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९ बाट प्रतिनिधिसभामा उम्मेदवार छन् । उनकी पत्नी विना श्रेष्ठ प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन् । कृष्णगोपाल कडा प्रतिस्पर्धामा छन्, तर समानुपातिकको जनजाति महिलातर्फ पाँचौँ स्थानमा रहेकी विना सांसद बन्ने लगभग निश्चित छ ।

रघुवीरपत्नी जुली उम्मेदवार

केन्द्रीय सदस्य रघुवीर महासेठ धनुषा ४ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । पत्नी जुली महतो प्रतिनिधिसभाकै समानुपातिकतर्फ मधेसी महिलातर्फ पहिलो नम्बरमा उम्मेदवार छिन् ।

विरोध प्रतिनिधिसभा, मनु प्रदेशमा

केन्द्रीय सदस्य विरोध खतिवडा मकवानपुर २ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनकी पत्नी मनु सिग्देल ३ नम्बर प्रदेश सभाका लागि समानुपातिकतर्फ खस–आर्य महिलातर्फ दोस्रो नम्बर सूचीमा उम्मेदवार छिन् । मनु एमाले मकवानपुरकी अध्यक्ष पनि हुन् ।

तामाङ र राई पति–पत्नी उम्मेदवार

केन्द्रीय सदस्य शेरबहादुर तामाङ सिन्धुपाल्चोक २ बाट उम्मेदवार छन् । पत्नी उषाकला राई प्रदेश नम्बर १ को प्रदेश सभाका लागि जनजाति महिलातर्फ दोस्रो नम्बर सूचीकी उम्मेदवार छिन् ।

भूमिगतकालमै सक्रिय परिवारजन निर्वाचनमा
प्रचण्ड परिवारबाट चारजना

माओवादी अध्यक्ष प्रचण्डको परिवारबाट चारजना उम्मेदवार छन् । प्रचण्ड चितवन ३ र बुहारी विना मगर कञ्चनपुर १ बाट उम्मेदवार छन् । भूमिगतकालमा पक्राउ परेकी विनाले सैनिक हिरासतमा चरम यातना पाएकी थिइन् । उनी सरस्वती क्याम्पस स्ववियुकी पूर्वसभापति हुन् । भूमिगतकालमै सक्रिय भाइ नारायण दाहालले ०६४ मा चितवनबाट निर्वाचन जितेका थिए । यसपालि उनी प्रतिनिधिसभाको समानुपातिकमा उम्मेदवार छन् । त्यस्तै, प्रचण्डका ज्वाइँ जीवन आचार्य मोरङ ६ (क) बाट प्रदेश सभामा उम्मेदवार छन् ।

पुन परिवारबाट तीनजना

माओवादी नेता वर्षमान पुन र उनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीमगर दुवै उम्मेदवार छन् । जनयुद्धमा सँगै हिँडेका पुन रोल्पाबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ र पत्नी ओनसरी प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन् । यस्तै, वर्षमानकी बहिनी लालकुमारी पुन ललितपुर १ (क)बाट प्रदेश सभा उम्मेदवार छिन् ।

हितमान दम्पती दुवै उम्मेदवार

माओवादी केन्द्रका नेता हितमान शाक्य काठमाडौं १० बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ र श्रीमती अमृता थापा प्रतिनिधिसभाकै समानुपातिकमा परेकी छिन् ।

शर्मा दाजुभाइ नै निर्वाचनमा

माओवादी नेता जनार्दन शर्मा पश्चिम रुकुम र भाइ अनिल शर्मा काठमाडौं १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवार छन्।

बस्नेत प्रत्यक्षतर्फ, श्रीमती समानुपातिकमा

माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र पत्नी सत्य पहाडी प्रतिनिधिसभाकै समानुपातिकमा उम्मेदवार छिन् ।

देव गुरुङ प्रत्यक्षमा, श्रीमती समानुपातिकमा

माओवादी केन्द्रका नेता देव गुरुङ लमजुङबाट प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा उम्मेदवार छन् भने पत्नी यशोदा गुरुङ सुवेदी प्रतिनिधिसभाकै समानुपातिकमा सूचीमा परेकी छिन् ।

केसीदम्पती उम्मेदवार

माओवादी केन्द्रका अर्का नेता कुलप्रसाद केसी रोल्पा (क)बाट प्रदेश सभा प्रत्यक्षतर्फ उम्मेदवार भएका छन् भने श्रीमती तारा घर्ती केसी प्रतिनिधिसभा समानुपातिकमा परेकी छिन् ।

पति–पत्नी नै उम्मेदवार

माओवादी केन्द्रकी नेतृ रेखा शर्मा प्रतिनिधिसभा समानुपातिक र श्रीमान् कृष्णध्वज खड्का प्युठान (ख)बाट प्रदेश सभामा प्रत्यक्ष उम्मेदवार छन् ।

देवी खड्का परिवारका तीनजना उम्मेदवार

माओवादी केन्द्रकी नेतृ देवी खड्का र उनका श्रीमान् राजकुमार श्रेष्ठ प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार बनेका छन् । भाइ विशाल खड्का दोलखा (क)बाट प्रदेश सभा उम्मेदवार छन् । -नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

ताजा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.