• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • ८ घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • ९ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • १० घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • १० घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • १२ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • १४ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • १५ घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ४. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ५. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ६. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ७. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • ८. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

रातको १२ बजे केके गर्नुभो भण्डाफोर गर्दिउँ ? भन्दै रोमी गौचनलाई प्रेमप्रसादको चेतावनी

admin २०७४, कार्तिक, २६

कात्तिक २६, काठमाण्डौ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङ जिल्लामा नेपाली काग्रेसका रोमी गौचन थकाली र वाम गठबन्धनका उम्मेदवार प्रेमप्रसाद तुलाचन प्रतिस्पर्धामा उत्रिएका छन् । दुवै उम्मेदवारसँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि कुराकानी गरिएको छ ।
कुराकानीका क्रममा कांग्रेसका उम्मेदवार रोमी गौचन थकालीले विगतमा आफूले मुस्ताङ जिल्लाबासीलाई गरेको सेवा र विकास निर्माणका कामले नै यसपटक विजयी गराउने दाबी गरेका छन् । कठिनकालमा पनि प्रजातन्त्र जोगाउनका लागि आफूले गरेको संघर्षलाई जनताले सम्मान गर्ने विश्वास थकालीले लिएका छन् ।
विकास निर्माणका सवालमा मुस्ताङ जोमसोम कोरला सडक निर्माणलाई साकार बनाउने अभियानमा आफू रहेको थकालीले जानकारी दिए । नेपालमा भित्रिएका संचार सेवालाई दुर्गम जिल्लामध्ये मुस्ताङमा आफूले सबैभन्दा पहिला भित्र्याएको दाबी थकालीले गरेका छन् ।
मुस्ताङमा स्वस्थ चुनावी प्रतिस्पर्धा हुने विश्वास गर्दै थकालीले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचन पारिवारिक सम्बन्धका व्यक्ति भएको जानकारी दिए ।
“हामी एकाघरका मामा छोरा र फुपूका छोरा हौँ । नाता आफ्नो ठाउँमा छ । हामी राजनीतिक लडाईमा छैनौँ । प्रतिस्पर्धामा छौँ ।” थकालीले भने ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा भाग लिएका कम्युनिष्ट पार्टीहरु गलत बाटोमा नजाने विश्वास गर्दै थकालीले मुस्ताङमा आफूहरुविच वैमनश्यता नहुने दाबी गरेका छन् ।
तर बाम गठबन्धनका उम्मेदवार तुलाचनले भने थकाली मिठो बोली बोल्नमा माहिर भएको भन्दै कटाक्ष गरेका छन् । २०७० सालको चुनावमा आफूले नेपाली कांग्रेसको विरुद्ध बागी उम्मेदवार दिएको स्मरण गराउँदै थकालीले भनेजस्तो स्वस्थ प्रतिस्पर्धा नहुने संकेत गरे ।
कोरला नाका निर्माणका सम्बन्धमा दुई नेताबिच आरोप प्रत्यारोप भएको छ । थकालीले आफ्नो पहलमा नाका बनेको भन्ने कुरालाई तुलाचनले खण्डन गरेपछि थकाली त्यसको प्रतिवादमा उत्रिए ।
थकालीले आफ्नो शीष्ट भाषालाई कमजोर नठान्न चेतावनी दिए । कसले विकासका काम ग¥यो भन्ने विषयमा गलत व्याख्या नगर्न आग्रह गर्दै थकालीले चेतावनी समेत दिए । यद्यपी निर्वाचनका बेला स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने स्मरण गराउँदै थकालीले तुलाचनलाई सचेत गराए ।
“तपाईले जित्नुभयो भने मेरो पनि तपाई सासंद हो । मैले जिते भने म पनि तपाईको सासंद हुँ । अहिले अनावश्यक कुरा नगरौँ ।” थकालीले भने ।
तुलाचनले भने ७० सालमा चुनाव जितेका थकालीले केही काम गर्न नसकेको आरोप लगाउँदै अबको चुनावमा आफूले जित्ने दाबी गरे ।
“७० सालमा निर्वाचन भएपछि यही वर्ष सम्पन्न स्थानीय निर्वाचनमा रातको १२ बजे विकासका योजना लिएर आउनुहुन्छ । अरुबेला केही गर्नुभएन ।” तुलाचनले आरोप लगाए ।
भूकम्पका बेला पनि थकालीले जनतालाई कुनै राहत दिन नसकेको अरोप तुलाचनको छ ।
“२०७० सालेदेखि आजसम्म के काम गर्नुभयो ? जनताले के पाए ?” तुलाचनले प्रश्न गरे ।
थकालीले भने अरुले केही गरेन भनेर आरोप लगाउने तुलाचनले आफूले गरेको एउटा काम देखाउन चुनौति दिए ।
बेनी जोमसोम सडक कालोपत्रेका लागि आफूले बजेट छुट्टयाएर काम गर्न लागेको थकालीले बताए ।

आफ्नो सम्पूर्ण जवानी नेपाली कांग्रेस भएर वितेको बताउँदै तुलाचनले जनतालाई सेवा गर्नबाट कांग्रेसले नै बञ्चित गराएकाले एमालेमा प्रवेश गरेको बताए ।

बागी उम्मेदवार दिएकाले तुलाचनलाई कांग्रेसले ५ वर्षका लागि निलम्बन गरेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

ताजा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.