चितवनमा माओवादी कार्यकर्ताहरु दिनभरि प्रचण्डसँग मिटिङ्गमा, रात परेपछि पाण्डेसँग सेटिङ्गमा !
काठमाडौं, २६ कार्तिक । चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा नेता विक्रम बहादुर पाण्डेवीचको चुुनावी भीडन्तलाई रोचक रुपमा लिईएको छ । आगामी मंसिरमा हुने निर्वानमध्ये यो क्षेत्रपनि हेभी वेटवीचको महाभीडन्तको रुपमा लिईएको छ।
पछिल्लो समय मुलुकमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनवीच चुनावी प्रतिष्पर्धा हुँदैछ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवी वाम गठबन्धन बनेसँगै नेपाली कांग्रेसले पनि राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल लगायतका अन्य दलहरुसमेत समेटेर बृहत्त लोकतान्त्रिक गठबन्धन बनाएको छ ।
गठबन्धनसँगै उनीहरुले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सिटमा तालमेल समेत गरेका छन् । हेभीवेट भीडन्तमध्ये चितवनको ३ नम्बर क्षेत्रलाई समेत सबैले नियाँलिरहेका छन् । रमाईलो त के भने अहिले चितवनमा चुनावी प्रचारलाई लिएर नयाँ तरंग उत्पन्न भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यतिवेला चुनावी घरदैलो अभियानमा छन् ।
उनी यतिवेला टोलटोलमा गठबन्धनका नेता तथा कार्यकर्ताहरु बोकेर लाभालस्कर नै लगाईरहेका छन् । तर चिवतनमा माओवादी केन्द्रका कार्यकर्ताहरु दिनभरि प्रचण्डसँग हिँड्ने र रातपरेपछि प्रचण्डकै प्रतिष्पर्धी विक्रम पाण्डेको घरमा भेला हुने गरेको तथ्य बाहिरिएपछि चितवन माओवादीमा हल्लीखल्ली मच्चिएको छ । यही विषयलाई आधार मानेर प्रचण्डले समेत आकस्मिक बैठक बोलाएको खुलासा भएको छ ।
चितवनका एक स्थानीय बुद्धिजीवीले रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा माओवादी केन्द्रकै कार्यकर्ताहरुले यस्तो क्रियाकलाप देखाएपछि भोट कसलाई हाल्ने हो भने नै अन्यौल भएको छ । उनका अनुसार दिनभरि माओवादी केन्द्रकै अगुवा कार्यकर्ताहरु प्रचण्डसँग मिटिंगमा बस्ने गरेको र तीनै कार्यकर्ताहरु रातपरेपछि विक्रम पाण्डेसँग सेटिंगमा बस्ने गरेका छन् ।
प्रचण्डको चुनावी प्रचारप्रसारमा एमालेका नेता देवी ज्ञवाली अग्रपँक्तिमा खटिएका छन् । हुन त उनी प्रचण्डकी छोरी रेणु दाहालसँग भरतपुर महानगरपालिकामा मेयरमा चुनाव हारेका थिए । तर केन्द्रमा एमाले र माओवादीवीच वाम गठबन्धन र पार्टी एकताको प्रयास भएसँगै उनलाई पनि प्रचण्डलाई जिताउने अभिभारा मान्न बाध्य भएको छ ।
यता प्रचण्ड भने दिनहँुजसो अहिले चुनावी सभालाई सम्बोधन गर्नमै व्यस्त छ । आजमात्रै पनि उनले वाम गठबन्धन लोकतान्त्रिक प्रणालीमै रहेको बताउदै आफूहरु लोकतान्त्रिक प्रतिस्पर्धामा रहेको स्पष्ट पारेका छन । आइतबार भरतपुरको मंगलपुरमा आयोजित कोण सभामा अध्यक्ष प्रचण्डले भने, ‘प्रतिस्पर्धाकै आधारमा समाजवादको स्थापना गर्ने हाम्रो लक्ष्य छ ।
हामी कम्युनिष्ट मिल्दा कांग्रेसका केही साथीहरुले गाली गर्न थाल्नुभएको छ। नेपालमा अधिनायकवाद आई नै हाल्यो भन्न थाल्नुभएको छ। हाम्रो संकल्प समाजवाद हो। हामी कम्युनिष्टले चुनाव जितेर समाजवादमा जान्छौं भन्न पनि नपाउनु ?’
अहिले राजनीतिक बृत्तमा हुने गरेका भद्दा टीप्पणी प्रति संकेत गर्दै प्रचण्ड वाम गठबन्धन मिले ‘प्रजातन्त्र र लोकतन्त्र’ लामो समय लडाई लडेको दावी गर्ने कांग्रेसलाई वाइकट गर्दैनौ । राष्ट्रिय हित र स्वाविमानका लागि कांग्रेससँगको सहकायृ जारी रहन्छ ।
‘एमाले माओवादी बीचको एकताले कांग्रेससँगको सहकार्य टुट्दैन् ।’ प्रचण्डले भने, ‘देशका साझा सवालमा हामी एक हुन्छौं। कोही पनि आत्तिन जरुरी छैन। कोणसभालाई सम्बोधन गर्दै हरिप्रसाद दाहालले चितवन क्षेत्र नं. ३ बाट आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको घोषणा गरे । साथै उनले अव चितवन क्षेत्र नं. ३ का वाम गठबन्धनका साझा उम्मेदवार प्रचण्डलाई समर्थन र सहयोग गर्ने घोषणा गरे ।
सम्बन्धित समाचार
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
ट्रेन्डिङ
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
