ओली र प्रचण्डले एउटै मंचबाट भने- ‘चुनाव लगत्तै पार्टी एकता हुन्छ’
महेन्द्र केसी/कात्तिक ३०, पर्वत । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लगत्तै पार्टी एकता हुने बताएका छन् ।
देशमा अब कम्युनिष्टहरुको एकता केन्द्र तयार गरी फुटेका कम्युनिष्टहरुलाई एकिकृत गर्नको लागि बामगठबन्धन गरिएको नेताहरुले बताएका छन् । विहिबार पर्वत कुश्मामा आयोजित बृहत भेलालाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपी र गणेशमानको पालाको जस्तो अब देशमा नेपाली काँग्रेस नरहेको बताएका छन् । उनले नेपाली काँग्रेससँग कुनै पनि नीति तथाा कार्यक्रमहरु नभएको टिप्पणी समेत गरेका छन् ।
संविधानको कार्यान्वयन गर्दै जनतालाई सम्पन्नशाली गराउनको लागि बामगठबन्धन तयार भएको बताएका छन् । उनले देशलाई एकताबद्ध गरेर स्थायित्व प्रदान गर्नको लागि मंसिर १० र २१ गते निर्वाचन हुन लागेको बताए ।
ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लगत्तै ५ हजार भत्ता हुने गरी बृद्धि गर्ने बताए । उनले कम्युनिष्टहरुले भ्रमको खेती नगर्ने कसैलाई तर्साउने झुक्काउने काम नगर्ने बताए । कम्युनिष्ट आए तानाशाह नभइ लोकतन्त्र आउने समेत बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरु विभाजित भएकै कारण प्रतिक्रियाबादी दक्षिणपन्थीहरुले देशमा राज गर्ने अबसर पाएको बताए । उनले इतिहासको नकरात्मक अध्यायको अन्त्य गरेर नव युगतिर नेपाललाई लैजाने कम्युनिष्टहरुको केन्द्र बनाउने संकल्पसहित बामपन्थीहरुको बलियो सरकार बनाउने उदेश्यका साथ बामगठबन्धन निर्माण गरिएको बताए ।
विगत ७० बर्षदेखि देशमा एउटा भूमरी कुनै पनि सरकार पाँच बर्षसम्म नचल्ने, नटिक्ने र नेपाली जनताको विकास र समृद्धिको चाहाना कछुवाको गतिमा जाने, ९÷९ महिनामा सरकार परिर्वतन हुने सरकार बन्ने र गिर्ने नयाँ चक्रव्यूमा नेपाली जनता परेको भन्दै उनले देशलाई समृद्धितर्फ लैजानको लागि बामगठबन्धन भएको बताए । सोही कार्यक्रममा राप्रपा पर्वत बामगठबन्धनमा विलय भएको छ ।
राप्रपाका अध्यक्ष इश्वर गिरी सहितको टोली बामगठबन्धनमा विलय भएको हो । कार्यक्रममा नेपाली काँग्रेस, जनमोर्चा लगायतका अन्य दलका गरी ४ दर्जनभन्दा बढी बामगठन्धनमा प्रवेश गरेका छन् । प्रचण्ड र ओलीलाई युवासंघ नेपाल पर्वतले १० केजीको मालाले स्वागत गरेको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

