• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • ९ घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • १० घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • ११ घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • ११ घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • १३ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • १५ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • १६ घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ४. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ५. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ६. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ७. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • ८. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

कुर्सी मिलाउन मात्रै साढे तीन करोड

admin २०७४, मंसिर, १

मंसिर १, काठमाडौँ । सांसदको कुर्सी मिलाउन मात्रै साढे तीन करोड ? सुन्दै आश्चर्य लाग्ने यो तथ्यांकले निर्वाचन मात्रै होइन, निर्वाचनपछिको व्यवस्थापन झन् महँगो हुने संकेत गर्छ ।

संसद् सचिवालयले वार्षिक ११ करोड रुपैयाँ भाडा तिरिरहेको नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका दुई वटा हलको सामान्य पुन:संरचना र कुर्सी मर्मतका लागि मात्रै अर्थ मन्त्रालयसँग साढे तीन करोड रुपैयाँ माग गरेको छ ।

अाजको कान्तिपुरमा खबर छ-‘सबै कुर्सी फेर्न त समयले पनि भ्याइँदैन,’ संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले भने, ‘प्रतिनिधिसभाको बैठक कक्ष (संविधानसभा बैठक बसेको मुख्य हल) मा बढी हुने कुर्सी हटाएर बाँकी मर्मत गर्ने, खोल फेर्ने, राष्ट्रिय सभाको बैठक कक्ष र अत्यावश्यक कार्यालय निर्माणका लागि अर्थसँग रकम माग गरिएको हो ।’

सभा कक्षको मुख्य हलमा संविधानसभा र व्यवस्थापिका संसदका ६०१ सदस्यका लागि कुर्सी र माइक जडान गरिएका छन् । प्रतिनिधिसभा बैठक कक्षका रूपमा पुन:संरचना गर्न लागिएको उक्त कक्षमा दुवै सदनको संयुक्त बैठक बस्नसमेत पुग्ने गरी ३३४ कुर्सी राख्न खोजिएको छ ।

सचिवालयले कुर्सीको संख्या घटाउँदा निस्कने फराकिलो ठाउँको सजावट र कुर्सी ढाकिएका सेता खोललाई हरियोले प्रतिस्थापन गर्न मात्रै ठूलो रकम खर्चिन लागेको हो ।

अधिकांश कुर्सी मर्मत गर्नुपर्ने अवस्थामा रहेको दाबी गर्दै सचिवालयका अधिकारीहरूले राष्ट्रिय सभाको बैठक कक्ष निर्माणले खर्चको सिलिङ बढी देखिएको बताए ।

‘यो सामान्य अनुमानित रकम हो,’ प्रवक्ता गौतमले भने, ‘संविधानसभाको कार्यकालदेखि नै एकसदनात्मक संसद् चलेका कारण राष्ट्रिय सभाका लागि सम्पूर्ण संरचनाको तयारी आवश्यक छ ।’

उनका अनुसार सम्मेलन केन्द्रकै नुप्से हल पुन:संरचना गरी राष्ट्रिय सभाको बैठक कक्ष तयार गरिनेछ । शान्ति प्रक्रियाको सुरुमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) ले आफ्नो कार्यालय प्रयोजनका लागि सम्मेलन केन्द्रमा थुप्रै अस्थायी संरचना निर्माण गरेको थियो । ठूला हललाई आल्मुनियमले बारबेर गरी तयार गरेका कार्यकक्षहरू संसद्ले प्रयोग गरिरहेको छ ।

संसद् सचिवालयले बैठक कक्षका लागि मात्रै वार्षिक ११ करोड रुपैयाँ भाडा खर्च गरिरहेको छ । सचिवालयले संसद् सदस्य, पदाधिकारी र कर्मचारीको तलब भत्तासहितको वार्षिक कुल खर्च १ अर्ब हाराहारीमा गरेको देखिन्छ ।

सचिवालयको लेखा शाखाको रेकर्डअनुसार दोस्रो संविधानसभा कार्यकाल (पहिलो बैठकदेखि संविधान जारी गरेको दिनसम्म) को कुल खर्च १ अर्ब ६० करोड ३८ लाख ९३ हजार ६९ रुपैयाँ छ । उक्त रकममध्ये पहिलो आर्थिक वर्ष (२०७०/०७१) को पछिल्लो ६ महिनामा ४० करोड ४१ लाख ६४ हजार ८ सय १०, अन्तिम आर्थिक वर्ष (२०७२/०७३) को अघिल्लो तीन महिना (साउन–असोज) मा १७ करोड २३ लाख २१ हजार १५ रुपैयाँ खर्च भएको थियो ।

बाँकी १ अर्ब २ करोड ७४ लाख ७ हजार २ सय ५२ बीचको एकै आर्थिक वर्ष (२०७१/०७२) मा भएको थियो । यो संसदका पदाधिकारी र सदस्यको तलब–भत्ता, भ्रमण, औषधोपचार खर्चका अतिरिक्त संसद् सचिवालयका कर्मचारीले लिएको ८० प्रतिशत प्रोत्साहन भत्ता र दैनिक ६५० रुपैयाँ (सार्वजनिक बिदाका दिन ७५० रुपैयाँ) खाजा खर्चसमेतको हो । अर्थ मन्त्रालयको सहमतिसमेत नलिई व्यवस्थापन समितिको निर्णयका आधारमा कर्मचारीलाई खुवाइएको प्रोत्साहन भत्ता र खुराकी महालेखाले बेरुजु देखाएको थियो ।

लगत्तै संसद् सचिवालयका पदाधिकारीको दौडधुप र दबाबपछि अर्थको सहमतिअनुरूप महालेखाले करोडांैको उक्त बेरुजु तत्कालै फस्र्योट गरेको थियो । ‘प्रोत्साहन भत्ता लिने निकाय संसद् सचिवालय मात्रै होइन,’ सचिवालयका एक अधिकारीले भने । ‘पहिले अर्थ मन्त्रालयको सहमति नभएका कारण खुराकी भत्ता बेरुजु देखिएको थियो ।

अर्थले नै त्यसलाई सहमति दिएकाले महालेखाबाट नियमअनुसार फस्र्योट भएको हो ।’ ती अधिकारीका अनुसार संविधान निर्माणको काम सकिएपछि पनि व्यवस्थापिका संसदको नियमित खर्चमा कमी आएको थिएन । ‘सरदर खर्च उही हो,’ उनले भने, ‘रूपान्तरित व्यवस्थापिका संसदको मात्रै कुल खर्च निकालिएको छैन, हामीले हरेक आर्थिक वर्षको हिसाब शीर्षकअनुसार राख्ने गरेकाले त्यसको गणना गर्न केही समय लाग्छ ।’

संसद् सचिवालयले उपलब्ध गराएको दोस्रो संविधानसभाकालीन (२०७० माघदेखि २०७२ असोजसम्मको) कुल खर्च १ अर्ब ६० करोड ३८ लाख ९३ हजार ६९ रुपैयाँलाई आधार मान्दा पनि संसद् सचिवालयको मासिक खर्च सरदर ७ करोड ६३ लाख ७५ हजार ८ सय ६० देखिन्छ ।

पछिल्लो समय ५९१ सांसद बहाल रहेको सदनको कुल सदस्य संख्या ६०१ नै मानेर भाग लगाउँदा पनि उक्त मासिक खर्च प्रत्येक सदस्य बराबर १ लाख २७ हजार ८१ हुन आउँछ ।

संविधानअनुसार संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा २७५, माथिल्लो सदन राष्ट्रिय सभामा ५९ र सात प्रदेशसभामा ५५० सदस्य गरी सांंसदको कुल सदस्य संख्या नै ८८४ हुन आउँछ ।

सात प्रदेशमा अलग्गै सचिवालय निर्माण, सञ्चालन र सुरक्षामा हुने अतिरिक्त खर्चबाहेक नै हिसाब गर्दा पनि उनीहरूका लागि राज्य कोषबाट मासिक ११ करोड २३ लाख ३९ हजार ८ सय ६७ खर्च हुने देखिन्छ । अर्थात् वार्षिक १ अर्ब ३४ करोड ८० लाख ७८ हजार ४ सय ७ रुपैयाँभन्दा बढी खर्च हुन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

ताजा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.