पहिलो पटक कतारले न्यूनतम तलब तोक्यो, नेपालीलाई फाइदा कि घाटा ?
मङ्सिर १, दोहा । कतार सरकारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम पारिश्रमिक तोकेको छ । न्यूनतम पारिश्रमिक तोकेपछी अब कतारमा बैदेशिक रोजगारीमा जाने जो कोहि बिदेशी नागरिकले न्युनतम तोकिएको तलब पाउनैपर्ने हुन्छ ।
आप्रवासी कामदारमाथि शोषण भएको भन्दै विभिन्न मानव अधिकारवादी संस्थाहरुले आलोचना गरिरहेका बेला कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल (झण्डै २ सय अमेरिकी डलर) तोकेको हो । कतारी श्रममन्त्री इसा अल नउमीले भने, ‘यदि कुनै पनि रोजगार सम्झौतामा विदेशी कामदारको तलव ७ सय ५० भन्दा कम छ भने हामी त्यसलाई स्वीकृत गर्दैनौं, सबै सम्झौताहरु अब मन्त्रालयले नै स्वीकृत गर्नेछ ।’न्युनतम तलब बाहेक काताममा कामदारले खान/बस्न भने निशुल्क पाउनेछन् । साथै स्वास्थ्य सेवासम्बन्धी सुविधा पनि निशुल्क नै हुनेछ ।
यो तलबमान अस्थायी रुपमा तोकिएको भन्दै श्रममन्त्रीले स्थायी प्रकारको न्यूनतम तलव तोक्ने गृहकार्य भइरहेको जानकारी दिए । पहिलोपटक तोकिएको न्यूनतम तलबको समिक्षा गरी पुनः बढाउने समेत सरकारी अधिकारीले बताएका छन् ।
कतारले श्रम मामिलामा सुधारको सुरुवात सन् २०१५ बाट थालेको हो । कामदारलाई अनिवार्यरुपमा बैंक खातामा तलब जम्मा गर्ने, आलोचित बनेको काफाला सिस्टमलाई बिस्थापित गर्दै विदेशी कामदारसँग सम्झौता गर्ने प्रणाली सुरु गर्ने काम भइसकेका छन् ।

सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले विदेशी कामदारमाथि भइरहेको व्यवहारका विषयमा आलोचना खेप्दै आएको थियो । कतारी श्रममन्त्री नाउमीले भने अनुसार सुधार प्रयास यतिमै रोकिनेछैन, उनि भन्छन- ‘यो हाम्रो दीर्घकालीन प्रतिवद्धता हो र आगामी दिनमा थप सुधारका कामहरु देख्नुहुनेछ ।’
नेपालीलाई फाइदा कि घाटा ?
कतारले तोकेको यो न्यूनतम तलव अपेक्षाभन्दा निकै कम हो । नेपालले यसअगाडी नै कतार जाने नेपाली कामदारको न्यूनतम तलव ९ सय रियाल र खाने बस्ने शुल्क ३ सय हुनुपर्ने नियम लागू गरिसकेकोले कतारको न्युनतम तलबको असर नेपाललाई पर्दैन तर स्वास्थ्य तथा उसले गर्ने बिभिन्न सुधारमा भने नेपाली कामदारलाई पनि फाइदा पुग्नेछ ।
नेपालले कतारको लागि बिदेशीक रोजगारको श्रम स्वीकृति लिंदानै सम्झौता बमोजिमको न्युनतम तलब तथा सेवा सुबिधा हेरेर कतारमा श्रम स्वीकृति दिँदै आएको छ । कतारले अहिले ल्याएको न्यूनतम तलवमान नेपाली कामदारले पाउँदै आएको तलवभन्दा धेरै कम हो ।

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने


