गुल्मीमा वाम गठबन्धनले २ हजार मिटर पाईप वरामद गर्यो
प्रेम सुनार/मङ्सिर २, गुल्मी । अहिले साँझ केहि वेर अघि गुल्मीको क्षेत्र नम्वर १ को प्रदेश नम्वर २ मा २ हजार मिटर खानेपानीका पाईप वामगठबन्धनका युवा संगठनले वरामद गरेको समाचार प्राप्त भएको छ ।
क्षेत्र नम्वर १ का वामगठबन्धन निर्वाचन परिचालन कमिटीका सचिवालय सदस्य मनिराम ज्ञवालीले गुल्मी दरवार गाउँपालिको वलीथुम अर्दि भन्ने स्थानबाट गठबन्धनका युवाहरुले लु २ ज १३७८ नम्वरको जिपमा लैजाँदै गरेको २ हजार मिटर पाईप वरामद गरी राखेको जानकारी दिएका हुन् ।
वामगठन्धनले क्षेत्र नम्वर १ अन्तरगत प्रदेश नम्वर २ का उमेदवार धनेन्द्र कार्कीले चुनावमा जनताको मत प्रभावित पार्न वितरण गर्न लागेको आरोप लगाएका छन ।
पाईप बाँडनका लागि हो या सरकारी वा कुनै व्यक्तिको हो ? भन्ने विषयमा आधिकारिक पुष्टाई हुन नसके पनि यो समाचार लेख्न वेला सम्म उक्त पाईप वामगठबन्धनका युवाहरुको नियन्त्रणमा रहेको छ ।
उक्त पाईप वामगठबन्धनका प्रकाश सर्तुङ्गे लगायतका युवाहरुले वरामद गरेका थिए । यस सम्वन्धमा नेपाली कांग्रेसबाट प्रदेश नम्वर २ का उमेदवार धनेन्द्र कार्की संग टेलिफान सम्पर्क राख्दा आफुलाई केहि पनि थाह नभएको भन्दै आफु माथी झुटो आरोप लगाईएको बताए ।
उनि संग कुरा भएको केहि छिन नवित्दै यताबाट सम्पर्क राखिएको सोही टेलिफोन नम्वरमा वलिथुम स्थित नेपाली कांग्रेसका कार्यकर्ता प्रेम पुनले अत्तालिदै फोन गरे ।
उनले अलि चर्को स्वरमा भने –‘एमालेका मान्छेहरुले नियन्त्रणमा लिएको उक्त पाईप न उमेदवार धनेन्द्र कार्कीले दिएको हो न त म आफु प्रेम पुनले दिएको हो । ’ उनले थपे– ‘त्यो पाईप वडाबाट छुट्टाईएको ५० हजार रकमबाट खरिद गरेर ल्याईएको हो । उनिहरुले भने जस्तो होईन्, समाचार लेख्दा अलि ख्याल गर्नु होला ।
त्यसो त स्थानिय तहको निर्वाचनमा पनि एमाले कार्यकर्ताहरुले नेपाली कांग्रेसले बाँडेको भन्दै सोही गाउँपालिकाको छिमेक रेसुङ्गा नगरपालिकाको वडा नम्वर १३ मा पनि १ हजार मिटर पाईप नियन्त्रणमा लिएका थिए ।
वरामद गरिएको उक्त पाईपको वारेमा रिर्पोटिङ्ग गर्न पुगेको यसै समाचारदातालाई गौडाकोटमा कांग्रेस कार्यकर्ताहरुले घेराउ गरी चार पाँच घण्टा सम्म नियन्त्रणमा लिएका थिए ।
निर्वाचन अधिकृत सहित प्रहरीको ठुलो संख्या पुगेर यस समाचारदातालाई त्यहाँबाट राती सदरमुकाम लिएर आएका थिए । वामगठबन्धनका परिचालन कमिटी सदस्य पुनाराम ज्ञवाली भन्छन् –‘यहि हो कांग्रेसको लोकतन्त्र ? कुनै सञ्चारकर्मीले रिर्पोटिङ्ग गर्न र समाचार लेख्न पनि नपाउने ?
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

