Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, मंसिर, ३
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौँः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको हृदयघातबाट निधन भएको हो। अचेल अवस्थामा बिहान ५ बजेतिर अस्पताल लगिएका प्रकाशको निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।

दाहाललाई आइतबार बिहान अचेत अवस्थामा अस्पतला पुर्‍याइएको थियो। प्रकाश प्रचण्डका एकमात्र छोरा हुन्।

स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि उपत्यका बाहिर रहेका परिवारका सबै सदस्य काठमाडौँ फर्किएका छन्। प्रचण्ड झापाबाट काठमाडौँ फर्किएका छन्। वाम गठबन्धनको चुनावी सभाका लागि प्रचण्ड झापा पुगेका थिए। आइतबारको कार्यक्रम छाडेर प्रचण्ड काठमाडौँ फर्किएका हुन्।

भरतपुर महानरपालिका मेयर रहेकी प्रचण्ड पुत्री रेणु दाहाल पनि काठमाडौँ आउन लागेको पारिवारिक स्रोतले जानकारी दियो।

नर्भिक अस्पताल बाहिर अहिले माओवादी केन्द्रका शुभचिन्तक र अन्य सर्वसाधरणको समेत भिड लागेको छ।

Top Changing Nepal

युट्युब सट्स