मतदान केन्द्रमा गोली चल्यो
जानकारी केन्द्र
२०७४, मंसिर, २१
सर्लाही, २१ मंसिर – सर्लाहीको कौडेना गाउँपालिका २ मा कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपा नेपालका कार्यकर्ताबीच झडप भएको छ । जनता माबि फुलपरासी मतदान केन्द्रमा एक जना अशक्त व्यक्तिको मत हाल्न कांग्रेस र राजपा दुवै दलका प्रतिनिधि अघि सरेपछि झडप भएको हो ।
दुई दलका कार्यकर्ताबीच झडप हुन थालेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ । प्रहरीले हवाई फायर गरेपछि मतदाताबीच भाग दौड मच्चिएको र त्यसक्रममा लडेर केहि घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन् ।
झडपपछि अहिले मतदान रोकिएको छ । सर्लाही क्षेत्र नम्बर २ मा कांग्रेसका जंगीलाल राय र राजपाका महेन्द्र राय यादव चुनावी प्रतिस्पर्धामा छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

