क्षेत्र नम्बर २ का जनताले के पत्याएका हुन् बाबुराम भट्टराईलाई ? गणना शुरुवात मै भट्टराईको अग्रता
मंसिर २१ – डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबिच हारजीतको गन्ती सुरु भएको छ । पहिलो चरणको चुनाव भएकोमध्ये सर्वाधिक चासोपूर्वक हेरिएको गोरखा क्षेत्र नम्बर २ को मतगणना बेलुकी ५ बजेदेखि सुरु भएको हो ।
चुनावी प्रतिस्पर्धा र त्यसको नतिजा सबैक्षेत्रको उत्तिकै चासो विषय हुने भएपनि गोरखाको क्षेत्र नम्वर २ लाई भने पहिलो चरणमा चुनाव भएकामध्ये देशविदेशमा चासोपूर्वक हेरिएको छ । वाम गठवन्धनमा जोडिन पुगेर पनि त्यहाँबाट अलग्गिएर कांग्रेसको समर्थनमा उम्मेदवार बनेका डा. बाबुराम भट्टराई र वाम गठवन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबिच चुनावी प्रतिस्पर्धा भएकाले गोरखा क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा यी दुईमध्ये को चुनिएलान् भन्ने चासो र चिन्ता सबैतिर छ ।
डा. बाबुराम भट्टराईको ४० मतले अगाडि छन् भने वाम गठवन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ १६ मतले पछाडि छन् ।
मंसिर १० मा आआफ्नो मतदान केन्द्रमा भोट हालेर भोलिपल्टै काठमाडौं हान्निएका भट्टराई र श्रेष्ठ मतगणना हुने आजको दिनसम्म जिल्ला फर्किएका छैनन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

