• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १४ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १४ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १६ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १७ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १९ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २१ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २१ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

यी हुन प्रतिनिधिसभातर्फ ६ र प्रदेश सभामा १२ विजयी उम्मेदवारहरु (सूचीसहित)

admin २०७४, मंसिर, २२

काठमाडौँ, मंसिर २२ : मंसिर १० गते भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम क्रमश सार्वजनिक हुँदैछ।

अहिलेसम्म प्रतिनिधिसभामा ६ जनाले जित हात पारेका छन् भने प्रदेश सभा जित्ने १२ उम्मेदवार छन्। प्रतिनिधिसभामा वाम गठबन्धनले ५ सिट जितेको छ। बझाङ, मुस्ताङ, मनाङमा र म्याग्दीमा वाम गठबन्धनका एमाले उम्मेदवारले जितेका छन्। पूर्वीरुकुममा माओवादी उम्मेदवारले जित हात पारेका छन्।

स्वतन्त्र उम्मेदवारले हुम्लाबाट जितेर १ सिट ल्याएका छन्। उनी माओवादी केन्द्रका बागी उम्मेद्वार हुन्। तर, कांग्रेसले अहिलेसम्म एउटै सिट हात पार्न सकेको छैन। प्रदेश सभामा पनि गठबन्धनले १० सिट जितेको छ। एक सिट कांग्रेस र एक सिट कांग्रेसले जितेको छ।

मुस्ताङका २, मनाङको १, पूर्वी रुकुमका २, म्याग्दीका २, डोल्पामा १ र बझाङमा २ र हुम्लामा १ गरि १० सिट वाम गठबन्धनले प्रदेशमा जितेको छ। त्यस्तै, मनाङको प्रदेश सभा ‘क’ मा कांग्रेस र ‘ख’ मा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

यी हुन् प्रतिनिधिसभामा जित्ने ५ उम्मेदवार :

मुस्ताङ – प्रेम प्रसाद तुलाचन (एमाले) : उनले ३ हजार ५ सय ४४ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत पाएका छन्। गौचन २०७० सालको संविधान सभामा मुस्ताङबाटै सांसद पद जितेका थिए।

बझाङ – भैरवहादुर सिंह (एमाले) : वाम गठबन्धन उम्मेदवार सिंह २८ हजार ८ सय ८१ मत प्राप्त गरि विजयी भएका छन्। उनले नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहलाई ५ हजार ६ सय ५९ मतान्तरले हराएका छन्। कांग्रेसका पृथ्वीबहादुर सिंहले २३ हजार २ सय २२ मत प्राप्त गरेका थिए।

पूर्वी रुकुम– कमला रोका (नेकपा माओवादी केन्द्र) : वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रोकाले १० हजार ४ सय ३४ मत प्राप्त गरि विजयी भएकी हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्ती मगरलाई ६ हजार २८ मतअन्तरले पराजित गरेकी छन्। मगरलाई जम्मा ४ हजार ४ सय ६ मत मात्रै प्राप्त भएको छ।

हुम्ला – छक्कबहादुर लामा (स्वतन्त्र) : स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा प्रतिनिधि सभामा विजयी भएका छन्। लामाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मङ्गलबहादुर शाहीलाई ४७ मतान्तरले हराएका हुन्। उनी नेकपा माओवादी केन्द्रका बागी उम्मेद्वार हुन्।

म्याग्दी– भुपेन्द्र थापा (एमाले) : म्याग्दीमा पनि वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार थापाले जित हात पारे। उनले २२ हजार १ सय ७० मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्दि कांग्रेसका खम बहादुर गर्बुजा हुन्।

मनाङ – पाल्देन छोपाङ गुरुङ:  मनाङबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन्। उनले २ हजार ३ सय मत पाएका छन्।। पाल्देनका प्रतिष्पर्धी कांग्रेसका टेकबहादुर गुरुङले २०२१ मत ल्याए। मनाङमा पहिलो पटक एमालेले जितेको हो।

प्रदेश सभा जित्ने उम्मेदवार :

हुम्ला प्रदेश सभा (क) – दल रावल,  उनी वामगठबन्धनका तर्फबाट एमाले उम्मेदवार हुन्। आफ्ना निकटम प्रतिद्वन्दी कांग्रेसका थानबहादुर रोकायालाई ५ हजार ५ सय मतले पराजित गरेका छन्। रावलले ७ हजार १ सय ५८ मत ल्याएका छन् भने रोकायाले १ हजार ८ सय ११ मत पाएका छन्।

बझाङ प्रदेश सभा (क) – अर्जुन थापा, थापा वामगठबन्धनका तर्फबाट, उम्मेदवार हुन्। १६ हजार ८ सय ६८ मत ल्याएका थिए भने कांग्रेसका चन्द्रदेवी जोशीले १३ हजार १ सय ९७ मत ल्याए ।अर्जुन थापाले जोशीलाई ३ हजार ६ सय ७१ मत अन्तरले पराजित गरे ।

प्रदेश सभा (ख) – देवकी मल्ल,  वामगठबन्धनमा देवकी मल्ले १६ हजार ७ सय ४३ मत ल्याईन् भने कांग्रेसका नरेशबहादुर सिंह १४ हजार २ सय ४२ मत ल्याएका थिए । तर, मल्लले सिंहलाई २ हजार ५ सय १ मतले पराजित गरिन् ।

रुकुम पूर्व प्रदेशसभा (क)- तेजबहादुर वली, वली वाम गठबन्धनका माओवादी उम्मेदवार हुन्। उनले ५ हजार ४ सय २७ मत प्राप्त गरि निर्वाचित भएका छन्। वलीका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दुतकुमार पुनले २ हजार १ सय ४४ मत प्राप्त गरेका थिए।

प्रदेश सभा (ख) – पूर्णबहादुर घर्ती, घर्ति पनि वाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार हुन्। ले ५ हजार ८ सय १६ मत प्राप्त गरि विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १ सय ११ मत प्राप्त गरेका छन्।

डोल्पा प्रदेश सभा (क) – नन्दसि‌ह बुढा, वामगठबन्धनका तर्फबाट उनी एमालेका उम्मेदवार हुन्। ५ हजार ४ सय ९० मत ल्याएर उनले विजय प्राप्त गरेका छन्। बुढाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले १ हजार २ सय १३ मत ल्याएका छन्।

मनाङ, प्रदेशसभा (क)- चिन्तबहादुर घले। उनी नेपाली कांग्रेसका उम्मेदवार हुन्। घलेले ९ सय २८ मत ल्याएर विजयी भएका छन्। भने वाम गठबन्धका दोर्जे डडुल गुरुङले ८९६ मत ल्याए।

प्रदेशसभा (ख)- राजीव गुरूङ, गुण्डा नाइके भनेर चिनिएका राजीव गुरूङ (दीपक मनाङे) यहाँका स्वतन्त्र उम्मेदवार हुन्। मनाङेले १ हजार ४ सय १० मत पाए भने उनका प्रतिष्पर्धी कांग्रेसका कर्मा गुरूङले १ हजार २० मत ल्याएका छन्।

म्याग्दी, प्रदेशसभा (क) – विनोद केसी, वामगठबन्धनका तर्फबाट माओवादी उम्मेदवार केसी १४ हजार ७ सय ४ मत ल्याई विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी राप्रपाका भीमप्रसाद गौचनले १२ हजार १ स ७५ मत ल्याएका छन्।

प्रदेशसभा (ख)- नरदेवी पुन मगर, वाम गठबन्धनकी एमाले उम्मेदवार नरदेवी पुन ले १० हजार ८ सय ६८ मत ल्याएर विजयी भएकी छन्। कांग्रेसका अमलाल फगामी पुनले ७ हजार ९ सय ९० मत प्राप्त गरेका छन् ।

मुस्ताङ, प्रदेशसभा ( क)- इन्द्र धारा डादु विष्ट वामगठबन्धनका एमाले उम्मेदवार हुन्। उनले १ हजार १ सय २७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी मिक्युर बहादुर गुरूङले ६ सय ५७ मत ल्याए।

प्रदेश सभा (ख)- महेन्द्र प्रसाद थकाली, वामगठबन्धनका एमाले उम्मेदवार थकालीले २ हजार ५ सय ८४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दावा गुरूङले २ हजार २ सय ५९ मत पाएका छन्

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.