कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते
म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ ।
धर्नामा बसेका नागरिक समाज र स्थानीयवासीमाथि प्रहरीले बल प्रयोग गरेपछि भएको झडपमा २० जनाभन्दा बढी स्थानीयवासी र एकजना प्रहरी घाइते भएका छन् ।
स्थिति तनाबग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नहुन्जेलसम्मका लागि जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी गरेको छ ।
घटनाका विषयमा जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, राजनीतिक दल नागरिक समाज र प्रशासनबीच छलफल भए पनि कुनै सहमति नभएको नागरिक समाजका अगुवा एवं सञ्चारकर्मी रत्न कार्कीले जानकारी दिनुभयो ।
पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्तिको व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् ।
प्रशासनले सबै माग आफूहरूले पूरा गर्न नसक्ने र कतिपय निर्णय मन्त्रालयले गर्नुपर्ने भएकाले मागका बारेमा आइतबार बिहानसम्म पर्खन आग्रह गरेबोजिम आजको छलफल सकिएको उहाँले जानकारी दिनुभयो ।
छलफलका लागि सुर्खेतबाट क्षेत्रीय प्रशासक सुरेश प्रधान, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सूर्यविक्रम शाह, अनुसन्धानका प्रहरी नायब महानिरीक्षक टेकेन्द्र शाक्यसमेत कालिकोट पुग्नुभएको थियो ।
क्षेत्रीय प्रहरी प्रमुख बोहोराले स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि भएपनि प्रतिरक्षाका लागि अश्रुग्यास प्रयोग गरिएको बताउनुभयो ।
शुक्रबार तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का ऐडीको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

