• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
  • ७ घण्टा 

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • १० घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • १२ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • १३ घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • १३ घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • १४ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • १६ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ४. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ५. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ६. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ७. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • ८. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

२ लाखभन्दा कम मूल्यमा बन्छ ‘अत्याधुनिक’ नेपाली घर

admin २०७४, पुष, १६

भूकम्पले शहरमा सिमेन्ट र गाउँमा माटो ढुंगाबाट बनेका धेरैजसो घरहरू बस्नै नमिल्ने गरि ध्वस्त भए । विस्तारै नयाँ निर्माण कस्तो गर्ने कस्ता घर बनाउने भन्ने वहस सुरू भएको छ । भूकम्पको उच्च जोखिममा रहेको नेपालमा भूकम्पको डर सधैँ हुने विज्ञहरुले बताउँदै आएका छन् । यसैबीच बलिया र भूकम्प प्रतिरोधक घर बनाउने कुरामा चासो बढिरहेको छ । बाँसका आधुनिक घरहरु बनाउँदै आएको ‘आवारी एडोब एण्ड बेम्बो रिसर्च सेन्टर’ले नेपाली पहिचानको झल्को दिने बाँस, माटो र ढुंगाकै घरहरू आधुनिक तरिकाले बनाउन सकिने सुझाव दिएको छ ।

‘अब घर बनाउँदा सोच्नै पर्ने बेला भएको छ, कंक्रिटका भन्दा हाम्रै स्थानीय साधन प्रयोग गरेर पनि बलिया घरहरू बनाउन सकिन्छ,’ आवारीका निर्देशक नृपल अधिकारीले सेतोपाटीसँग भने, ‘हामीले नेपाली परम्परागत घरहरूलाई नै आधुनिक प्रविधि र डिजाइन गर्छौ, यो सुरक्षित पनि हुन्छ,सस्तो पनि हुन्छ ।’

आवारी आफैं पनि यस्ता घरहरू सस्तो मूल्यमा बनाइदिने दाबी गर्छ । दुई लाख रूपैयाँमा आवारीले दुईवटा कोठा र एउटा भान्सा कोठा सहितको नेपाली परम्परागत घर बनाइदिन्छ । स्थानीय सामाग्री आफैसँग भएका ग्राहकका लागि अझै कम पैसामा यस्ता घर बन्छन् । नृपलका अनुसार, शहरमा बनाउँदा उनीहरू आफैले घरका लागि चाहिने सामाग्रीहरु खोजी गरेर ल्याउँछन्। गाउँमा भने स्थानीय सामाग्री नै प्रयोग गर्न सजिलो र राम्रो पनि हुन्छ ।

२२ ईन्चसम्मको जग लगाएपछि कस्तो घर बनाउने हो त्यस्तै भित्ता उठाइन्छ । खास गरि उनीहरू माटो थिचेर भित्ता उठाउँछन् । उनीहरूले बनाउने घरमा काठ र पिलरको सट्टा बाँसको प्रयोग गरिन्छ। ग्राहकले चाहे अनुसार भित्ता बाँस, माटो या ढुंगाको हुन सक्छ । छानामा पनि बाँस नै प्रयोग हुन्छ तर बाहिरबाट जस्ता,स्लेट, खर जेले पनि छाउन सकिन्छ । माटोलाई ‘रिफाइन’ गरेर सिमेन्टजस्तै बनाएपछि त्यसले भित्ताहरु पोत्ने काम गर्छन् । ‘माटो पनि सिमेन्ट भन्दा कम छैन,’ आवारीका निर्देशक अधिकारीले भने,‘हामीकहाँ धेरै थरि माटो छ त्यसैलाई प्रयोग गर्न सकिन्छ, माटो कहिलै बिग्रदैँन भत्किएपछि पनि यसको फेरि प्रयोग गर्न सकिन्छ ।’

नृपलले यस्ता घर बनाउँदा ठाउँ हेरी बनाउन सुझाव दिएका छन् । उनका अनुसार, पहाड र हिमालमा बनाउँदा भित्तामा बाँस माटो र ढुँगा प्रयोग गर्न सकिन्छ । तराईमा भने बाँसले नै बारेको घर उपयुक्त हुन्छ । तातो चाहिने भएकाले बाहिरी भित्ता पहाडमा ढुंगा या माटोको बनाउन सकिन्छ । तराईमा भने बाँसको घर नै उपयुक्त हुने नृपलले जिकिर गरे । माटोले वातावरणलाई मौसम अनुसार न्यानो र शीतल राख्न मद्दत गर्छ । यस्ता घरहरुलाई नृपल अर्ग्यानिक घर भन्छन् । यी घर खास गरि भूकम्प प्रतिरोधात्मक पनि हुन्छन् । बाँसलाई किराबाट जोगाउन यसको ट्रिटमेन्ट गरिने उनले बताए ।

‘पहिले हामीलाई बाँसमा भएको गुलियो पदार्थकै कारण छिट्टै किरा लाग्ने हुन्छ भन्ने चिन्ता थियो । तर, हामीले ट्रिटमेन्टको आइडिया निकाल्यौँ’ नृपलले भने । ट्रिटमेन्ट गरेपछि बाँसलाई झ्याप्प आगोले पनि नसमात्ने भैसकेको हुन्छ । तर आगो नै नलाग्ने भन्ने हुँदैन । अहिले नृपलको टिममा २५ जना छन् । गाउँगाउँबाट यस्ता घर बनाउन माग आएमा उनीहरू त्यहाँ गएर स्थानीयलाई तालिम दिने योजनामा छन् । तालिम पाएपछि जसले पनि यस्ता घर बनाउन सक्ने नृपलले बताए । उनले आफू नेपालका गाउँगाउँ सम्म पुगेर स्थानीय घर, प्रविधि र सामाग्रीको अध्ययन अनुसन्धान गरेको बताउँछन् । भारत, भुटान, उत्तर अमेरीका जस्ता ठाउँहरुमा उनले माटो र बाँसका घरहरु बनाउन सिकाइसकेका छन् । नेपालमा केही मात्रामा घर बनाएपछि उनको टिमले गतसाल भारतको विहारमा एक हजार वटा बाँसका घरहरु बनाएको थियो ।

भूकम्पले शहरमा सिमेन्ट र गाउँमा माटो ढुंगाबाट बनेका धेरैजसो घरहरू बस्नै नमिल्ने गरि ध्वस्त भए । विस्तारै नयाँ निर्माण कस्तो गर्ने कस्ता घर बनाउने भन्ने वहस सुरू भएको छ । भूकम्पको उच्च जोखिममा रहेको नेपालमा भूकम्पको डर सधैँ हुने विज्ञहरुले बताउँदै आएका छन् । यसैबीच बलिया र भूकम्प प्रतिरोधक घर बनाउने कुरामा चासो बढिरहेको छ । बाँसका आधुनिक घरहरु बनाउँदै आएको ‘आवारी एडोब एण्ड बेम्बो रिसर्च सेन्टर’ले नेपाली पहिचानको झल्को दिने बाँस, माटो र ढुंगाकै घरहरू आधुनिक तरिकाले बनाउन सकिने सुझाव दिएको छ ।

‘अब घर बनाउँदा सोच्नै पर्ने बेला भएको छ, कंक्रिटका भन्दा हाम्रै स्थानीय साधन प्रयोग गरेर पनि बलिया घरहरू बनाउन सकिन्छ,’ आवारीका निर्देशक नृपल अधिकारीले सेतोपाटीसँग भने, ‘हामीले नेपाली परम्परागत घरहरूलाई नै आधुनिक प्रविधि र डिजाइन गर्छौ, यो सुरक्षित पनि हुन्छ,सस्तो पनि हुन्छ ।’

आवारी आफैं पनि यस्ता घरहरू सस्तो मूल्यमा बनाइदिने दाबी गर्छ । दुई लाख रूपैयाँमा आवारीले दुईवटा कोठा र एउटा भान्सा कोठा सहितको नेपाली परम्परागत घर बनाइदिन्छ । स्थानीय सामाग्री आफैसँग भएका ग्राहकका लागि अझै कम पैसामा यस्ता घर बन्छन् । नृपलका अनुसार, शहरमा बनाउँदा उनीहरू आफैले घरका लागि चाहिने सामाग्रीहरु खोजी गरेर ल्याउँछन् । गाउँमा भने स्थानीय सामाग्री नै प्रयोग गर्न सजिलो र राम्रो पनि हुन्छ ।

२२ ईन्चसम्मको जग लगाएपछि कस्तो घर बनाउने हो त्यस्तै भित्ता उठाइन्छ । खास गरि उनीहरू माटो थिचेर भित्ता उठाउँछन् । उनीहरूले बनाउने घरमा काठ र पिलरको सट्टा बाँसको प्रयोग गरिन्छ । ग्राहकले चाहे अनुसार भित्ता बाँस, माटो या ढुंगाको हुन सक्छ । छानामा पनि बाँस नै प्रयोग हुन्छ तर बाहिरबाट जस्ता,स्लेट, खर जेले पनि छाउन सकिन्छ । माटोलाई ‘रिफाइन’ गरेर सिमेन्टजस्तै बनाएपछि त्यसले भित्ताहरु पोत्ने काम गर्छन् । ‘माटो पनि सिमेन्ट भन्दा कम छैन,’ आवारीका निर्देशक अधिकारीले भने,‘हामीकहाँ धेरै थरि माटो छ त्यसैलाई प्रयोग गर्न सकिन्छ, माटो कहिलै बिग्रदैँन भत्किएपछि पनि यसको फेरि प्रयोग गर्न सकिन्छ ।’

नृपलले यस्ता घर बनाउँदा ठाउँ हेरी बनाउन सुझाव दिएका छन् । उनका अनुसार, पहाड र हिमालमा बनाउँदा भित्तामा बाँस माटो र ढुँगा प्रयोग गर्न सकिन्छ । तराईमा भने बाँसले नै बारेको घर उपयुक्त हुन्छ । तातो चाहिने भएकाले बाहिरी भित्ता पहाडमा ढुंगा या माटोको बनाउन सकिन्छ । तराईमा भने बाँसको घर नै उपयुक्त हुने नृपलले जिकिर गरे । माटोले वातावरणलाई मौसम अनुसार न्यानो र शीतल राख्न मद्दत गर्छ। यस्ता घरहरुलाई नृपल अर्ग्यानिक घर भन्छन् । यी घर खास गरि भूकम्प प्रतिरोधात्मक पनि हुन्छन् ।

बाँसलाई किराबाट जोगाउन यसको ट्रिटमेन्ट गरिने उनले बताए ।‘पहिले हामीलाई बाँसमा भएको गुलियो पदार्थकै कारण छिट्टै किरा लाग्ने हुन्छ भन्ने चिन्ता थियो । तर, हामीले ट्रिटमेन्टको आइडिया निकाल्यौँ’ नृपलले भने । ट्रिटमेन्ट गरेपछि बाँसलाई झ्याप्प आगोले पनि नसमात्ने भैसकेको हुन्छ । तर आगो नै नलाग्ने भन्ने हुँदैन । अहिले नृपलको टिममा २५ जना छन्। गाउँगाउँबाट यस्ता घर बनाउन माग आएमा उनीहरू त्यहाँ गएर स्थानीयलाई तालिम दिने योजनामा छन् । तालिम पाएपछि जसले पनि यस्ता घर बनाउन सक्ने नृपलले बताए । उनले आफू नेपालका गाउँगाउँ सम्म पुगेर स्थानीय घर, प्रविधि र सामाग्रीको अध्ययन अनुसन्धान गरेको बताउँछन् । भारत, भुटान, उत्तर अमेरीका जस्ता ठाउँहरुमा उनले माटो र बाँसका घरहरु बनाउन सिकाइसकेका छन् । नेपालमा केही मात्रामा घर बनाएपछि उनको टिमले गतसाल भारतको विहारमा एक हजार वटा बाँसका घरहरु बनाएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु

ताजा

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.