मोटरसाइकल दुर्घटना चालकको मृत्यु , मृतक संग २५ हजार भारतीय रुपैया
जानकारी केन्द्र
२०७४, पुष, २३
रबिन्द्र यादव/नवलपरासी
२२ पुस /नवलपरासीको सुरजपुरा देखि प्रतापपुर अाउदै गरेको बिअार २२ एबी २६८७ भारतीय प्लेट नम्बर भएको मोटरसाइकल प्रतापपुर गाउपालिका वडा नम्बर ७ सुरजपुरा नजिक शनिबार साझ करिब साढे अाठ बजे अाफै अनियन्त्रित भई दुर्घटना हुदा गम्भीर घाइते चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
गम्भीर घाइते भएका चालकलाई सहिद सामुदायिक अस्पताल चौपता मा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । उक्त अस्पतालका एक कर्मचारी रंजिता यादवले दिएको जानकारी अनुसार मृतक संग २५ हजार भारतीय रुपैया समेत रहेको बताइन् भने मृतकको घाटीमा सुनको सिकड समेत रहेको जनाइएको छ ।
मृतकको पैकेट भित्र भेटिएको सानो कार्डमा संजय यादव नाम लेखिएको छ । प्रहरीको प्ररम्भिक अनुसंधान अनुसार मृतक भारतीय हुन सक्ने बुझिएको छ । हाल शव लाई पोष्टमार्टनका लागि जिल्ला पृथ्वी चन्द अस्पताल परासी लगिएको प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

