गगन थापालाइ यसरी ठुलो कालबाट जोगाएको रैछन एमाले नेता नेम्वाङले
काठमाण्डु, २५ पुस। कांग्रेस युवा नेता गगनकुमार थापाले आफूलाई पनि मानहानीको मुद्दा चलाउन सर्वोच्च अदालतलाई चुनौती दिएका छन् ।
डा. गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा मंगलबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै थापाले आफूसहित केसीका पक्षमा उभिएका सबैलाई मानहानी मुद्दा लगाउन चुनौती दिए । यद्यपि उनले आफूहरु अदालतको विरोधमा नभई सम्मान बढाउन भेला भएको दाबी गरे । थापाले ज्ञानेन्द्रले सत्ता हातमा लिएका बेला राज्यद्रोहको मुद्दा लागेको र त्यस क्रममा इजलासमा भएको बहस स्मरण गरे ।
‘मेरो पक्षमा बहस गरिरहनुभएका सुवास नेम्वाङले श्रीमान् । एकछिन कुर्नुस्, बाहिर के नारा लागिरहेको छ सुनौं भन्नुभयो । नारा लाग्यो ‘ज्ञाने चोर देश छोड’ । त्यसपछि सुवास नेम्वाङले भन्नुभयो, श्रीमान यदि मेरो पक्षमाथि जे बोल्यो भनेर मानहानी लागेको छ, त्यो राजद्रोह हो भने तल आएका सबै राजद्रोही हुन् । सबैलाई एकैपटक सजायँ दिनुपर्छ ।’
नेम्वाङको तर्कपछि आफू तारेखमा रिहा भएको उनले सुनाए । अहिले पनि केसीलाई मानहानीमा पक्राउ गर्नु गलत भन्दै आफूहरु सडकमा आएकाले सके मुद्धा चलाउन उनले चुनौती दिए । ‘आज म त्यही दिन सम्झिएर सम्मानित अदालतप्रति इज्जत गर्दै आग्रह गर्न चाहन्छु’, थापाले भने, ‘श्रीमान, डा. गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई त्यो मानहानी लागोस् ।’
केसीप्रति पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै थापाले अदालत कानुनको धारामा नभई जनताको विश्वासमा अडिनुपर्नेमा जोड दिए । जनताको विश्वास गुमाएका दिन अदालत लडखराउँने उनको भनाइ थियो ।-काठमाण्डु टुडे
सम्बन्धित समाचार
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
ट्रेन्डिङ
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
