Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

आखिर प्रधानन्यायाधीश गोपाल पराजुली नै दोषी ठहरिए,पराजुलीको एकाएक यति सम्म रहस्य बाहिरिदै 

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, पुष, २६
आखिर प्रधानन्यायाधीश गोपाल पराजुली नै दोषी ठहरिए,पराजुलीको एकाएक यति सम्म रहस्य बाहिरिदै 

काठमाण्डौ,

प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले नै अदालतको अवहेलना गरेको बयान दिएका छन् ।

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर केसीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चले मंगलबार बयान लिएको थियो । अदालतमा बयान दिने क्रममा केसीले गोपाल पराजुलीले नै अवहेलना गरेको आरोप लगाउँदै आफूलाई नभै पराजुलीलाई कारबाही गर्नुपर्ने बताए ।

सर्वोच्चको आदेशपछि अनस्थल स्थलबाटै पक्राउ परेका डा. केसीलाई विहानै अदालत लगिएको थियो ।

उनको बयान सकिएको छ र, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा बहस सुरु हुँदैछ ।

डा. केसी का एक वकिलका अनुसार बयानका क्रममा प्रधानन्यायाधीश राजुलीमाथि नै गम्भीर प्रश्न उठाएका छन् । उनले पराजुलीको दुई वटा नागरिकता लिएको, उमेर सच्याएको तथा एसएलसी पास गरे नगरेको प्रश्न उठाएका छन् ।

पराजुलीले आफ्नो भन्जेज्वाइँ नातेदार कहकुल सुवेदीले ६–७ महिनाको अवधिमा रजिष्टार, मुख्य रजिष्टार हुँदै उच्च अदालतको मुख्य न्यायाधीश बनाएर न्यायिक स्वाधिनतामा कुठाराघात गरेको बताए । उनले भनेका छन्, ‘आफ्नो नातेदारलाई ६र७ महिनामा तीन पटक प्रमोसन गर्ने जस्तो अस्वभाविक र अमर्यादित कार्य गर्ने व्यक्ति प्रधानन्यायाधीश जस्तो ओहदामा बस्न मिल्दैन ।’

केसीले बयानकै क्रममा पनि पराजुलीको राजिनामा मागेका थिए ।पराजुलीले राजिनामा नदिएसम्म न्यापपालिका स्वाधिन र स्वतन्त्र बन्नबाट बाधा अवरोध भइरहने केसीको भनाई थियो ।

गोपाल पराजुलीले न्यायपालिकाको अस्था, गरिमा र स्वाधिनतालाई चुनौती दिएको भन्दै डा. गोविन्द केसीले बयानमा पराजुलीबाटै अदालतको अवहेलना भएकाले निजउपर अदालतको अवहेलनामा कारबाही गरि पाऊँ भनि भनेका थिए ।

साथै पराजुली बाहेक सर्वोच्चका अन्य सम्पूर्ण न्यायाधीशको इजलासमा मुद्दाको सुनुवाइ गर्न माग गरेका छन् ।
मिडिया डबली,

Top Changing Nepal

युट्युब सट्स