• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ बैशाख २०८३, बिहीबार
१७ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
  • ११ घण्टा 

Foton Nepal has Brought Exclusive Commercial Mobility Offers to CADA in Chitwan Auto Show
  • ११ घण्टा 

सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ
  • १२ घण्टा 

२०८३ वैशाख १८ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
  • १४ घण्टा 

चितवन अटो शो २०२६ मा फोटोनको विशेष अफर : ईभी भ्यानदेखि पिकअपसम्म आकर्षक छुट
  • १६ घण्टा 

आतिथ्यता, समुदाय र संस्कृतिका सात वर्ष : काठमाडौं मेरियट होटलले मनायो ऐतिहासिक वार्षिकोत्सव
  • १८ घण्टा 

घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

अस्पताल भित्र भिडियो खिच्न र बिरामीको अन्तरवार्ता लिन निषेध
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. २०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ वैशाख १८ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह

  • ९. सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

  • १०. पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : कहाँ-कहाँ हुँदैछ आज चट्याङसहितको वर्षा ?

तयार भयो वाम गठबन्धनको मुख्यमन्त्रीको चयन:यी हुन् अबको देश हाक्ने मुख्यमन्त्रीहरु

admin २०७४, पुष, २९

८ पुस, काठमाडौं । राष्ट्रियसभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न गठित एमाले र माओवादी केन्द्रको कार्यदलले सिट बाँडफाँटका मुख्य चार आधार तय गरेको छ ।

शुक्रबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सुवास नेम्वाङको अध्यक्षतामा बसेको बैठकले साझा उम्मेदवार तय गर्न प्रारम्भिक छलफल थालेको हो ।

कार्यदलका केही सदस्यहरु काठमाडौं बाहिर र अस्वस्थ रहेकाले विस्तृत छलफल नभए पनि राष्ट्रियसभाको सिट बाँडफाँट र प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रदेश संसदका सभामुख पद कसरी बाँड्ने भन्ने आधार तय भएको छ ।

एमाले र माओवादीका तीन तीन जना नेता रहेको यो कार्यदललाई राष्ट्रियसभा र प्रदेश सरकारको सिट बाँडफाँडका लागि जिम्मेवारी दिइएको छ ।

कार्यदलको संयोजन गरिरहेका एमाले नेता सुवास नेम्वाङका अनुसार सिट बाँडफाँडमा प्रदेशगत रुपमा पार्टीको शक्ति, पार्टी एकताको भावना, सम्बन्धित पदको लागि व्यक्तिको योग्यता र सन्तुलनलाई मुख्य आधार बनाइएको छ ।

नेम्वाङले भने, ‘स्थानीय तह र प्रदेशसभा चुनावको नतिजालाई आधार बनाइने छ । सोही शक्तिका आधारमा पार्टी एकताको भावना प्रतिकुल नहुने गरि सिट बाँडफाँट गरिनेछ । हामी एउटै पार्टी हुँदैछौं भन्ने भावना अनुसार सिटकेा बाँडफाँड गर्छौं ।’

राष्टियसभा निर्वाचनको उम्मेदवार दर्ता माघ १०मा रहेका त्यस अघि नै सिट बाँडफाँट टुंगो लगाउने नेम्वाङले बताए ।

राष्ट्रियसभाका ५६ सिटमा वामपन्थी गठबन्धनले साझा उम्मेदवार उठाउनेछ । स्रोतका अनुसार राष्ट्रियसभामा समग्रमा ६०/४० अनुपातमा सिट बाँडफाँट हुने सम्भावना छ ।

यद्यपि कुन प्रदेशमा एमाले र माओवादीका कति मतदाता छन् भन्ने पनि हेरिने कार्यदलका एक सदस्यले बताए ।

‘कुनै प्रदेशमा माओवादीको संख्या निकै कम छ, त्यहाँ उसले ४० प्रतिशत माग्दैन, कुनैमा माओवादीको संख्या निणर्ायक हुनेछ, त्यहाँ सोही अनुपातमा बाँडफाँट हुन्छ’ उनले भने ।

मुख्यमन्त्री यसरी बाँडिदैछ

यो कार्यदलले नै भावी प्रदेश सरकारका मुख्यमन्त्री, सभामुखसहित प्रदेश संरचनाबारे पार्टी एकता संयोजन समितिलाई सुझाव दिने जिम्मेवारी पाएको छ ।

७ मध्ये ६ वटा प्रदेशमा वामपन्थीको बहुमत छ ।

मुख्यमन्त्री, सभामुख बाँडफाँटमा पनि चारवटा आधारलाई मुख्य मानिने एमाले नेता नेम्वाङले बताए । ‘एउटै पार्टी भएपछि कसले कति पाउने भन्ने रहेन, कुन प्रदेशमा मुख्यमन्त्री र सभामुख बन्न कस्तो व्यक्ति उपयुक्त छ,व्यक्ति हेरेर पनि बाँडफाँड हुन्छ’ उनले भने, ‘यसले यति पाउने भन्ने मात्र आधार छैन ।’

स्रोतका अनुसार ६ वटा प्रदेशका मुख्यमन्त्रीमध्ये चारवटा एमालेले र दुईवटा माओवादीले पाउने सम्भावना छ । प्रदेशका सभामुखको बाँडफाँट पनि सोही अनुसार हुनेछ ।

मुख्यमन्त्री बाँडफाँड गर्दा सम्बन्धित प्रदेशको जातीय सन्तुलनलाई पनि ध्यान दिइनेछ ।

समावेशीता र सन्तुलनलाई ध्यान दिँदै प्रदेश १ बाट राई/लिम्बु, प्रदेश ३ मा नेवार/तामाङ, ४ मा गुरुङ उम्मेदवारलाई प्राथमिकता दिने गरी सिट बाँडफाँट हुनेछ । प्रदेश १ मा शेरधन राई, ३ मा अष्टलक्ष्मी शाक्य र ४ मा पृथ्वीसुब्बा गुरुङ वा किरण गुरुङमध्ये एक मुख्यमन्त्रीका सम्भावित उम्मेदवार हुन् ।

प्रदेश ५ मा शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति चुनाव अघि नै भइसकेको छ ।

प्रदेश ६ मा खसआर्य समुदायकै मुख्यमन्त्री हुनेछन् । माओवादीले पाउने सम्भावना रहेको मुख्यमन्त्रीका लागि महेन्द्रवहादुर शाही र नरेश भण्डारी मुख्य दाबेदार हुन् । यद्यपी ६ नम्बर प्रदेशमा एमालेको बहुमत रहेको भन्दै एमालेले पनि दाबी गरेको छ । एमालेबाट मुख्यमन्त्रीमा प्रकाश ज्वाला र यमलाल कँडेल दाबेदार छन् । यो प्रदेशमा माओवादीले मुख्यमन्त्री पाएमा सभामुख सहित महत्वपूर्ण मन्त्रालयहरु एमालेले पाउने गरि छलफल अघि बढाइएको छ ।

प्रदेश ७ मा पनि माओवादीले मुख्यमन्त्री पाउने सम्भावना छ । यहाँ थारु समुदायका वीरमान चौधरी र माओवादीकै झपट बोहोराले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
अनलाइनखबर

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ताजा

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

Foton Nepal has Brought Exclusive Commercial Mobility Offers to CADA in Chitwan Auto Show

सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ

२०८३ वैशाख १८ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.