सुखद यौन जीवनका १२ शत्रु के के हुन् ?
यौन जीवन सुमधुर भयो भने दम्पतीको सम्बन्ध पनि रसपूर्ण हुन्छ । यदि यौनमा विचलन आयो भने उनीहरुको सम्बन्ध टिकिरहन गाह्रो पनि हुन्छ । त्यसैले दाम्पत्य सम्बन्धका लागि यौन महत्वपूर्ण र अपरिहार्य मानिन्छ । तर, चाहेरै पनि कतिपय अवस्थामा यौन जीवन राम्रो हुँदैन । यसका लागि विभिन्न तत्वहरु शत्रु बनेर देखा परेको हुन्छ ।
मोटोपन
जुन व्यक्तिको तौल बढी हुन्छ, उसको फ्याट सेल एस्ट्रोजेन (फिमेल हर्मोन) उत्पादन हुछ । यसले उनको यौन–रुचीमा कमी ल्याउँछ । नियमित व्यायम गर्नेको यौनक्रिया राम्रो र सक्रिय हुन्छ । त्यसैले व्यायमलाई आफ्नो तालिकामा सामेल गरेर यौन जीवनलाई सक्रिय बनाउनुपर्छ ।
तनाव
बिहानदेखि बेलुकीसम्मको भागदौड, अफिसको वर्कलोड, आर्थिक समस्या, असमयमा खानपानको सोझो असर तनावको रुपमा देखापर्छ । स्वास्थ्यका साथसाथै यसले हाम्रो यौनक्रियामा पनि प्रभाव पार्छ । त्यसैले तनावमुक्त हुनुपर्छ ।
मदिरापान
नियमित रुपले मदिरापान गर्दा यौनरुची घट्छ । त्यतीमात्र होइन, यसले तपाईको शयनकक्षामा पनि तनाव निम्त्याउँछ । पत्नीको भावनाको कदर हुँदैन । त्यसैले उत्कृष्ट यौन जीवनका लागि मदिरापान गर्न छोडौ ।
डिप्रेसन
डिप्रेसनले यौन जीवनमा नराम्ररी प्रभाव पार्छ । एक त डिप्रेसनको कारण तपाईमा यौन सम्पर्कका लागि मन जागृत हुदैंन । अर्कोचाहि डिप्रेसनको औषधीले यौनरुची घटाउँछ ।
इटेक्टाइन डिसफंशन
पुरुषमा इरेक्सनको समस्या धेरै गंभीर मानिन्छ । यसले तपाईको यौनक्रियाका साथसाथै दाम्पत्य जीवनलाई पनि धराशायी बनाउन सक्छ । त्यसैले यसको निदान खोजिहाल्नुपर्छ ।
उच्च रक्तचाप
सक्रिय यौन जीवनको लागि यौनाङ्गहरुमा पनि राम्ररी रक्तसंचार हुनुपर्छ । तर, उच्च रक्तचापको कारण रक्तप्रवाहमा अवरोध पैदा हुन्छ । परिणाम, यौन इच्छा घट्दै जान्छ ।
गर्भनिरोध औषधी
केहि अध्ययनमा पाइएको छ कि, गर्भनिरोधक औषधीले महिलाको टेस्टोटेरन लेभल कम गर्छ । जसले महिलालाई यौन इच्छा हुँदैन । यो औषधी एस्ट्रोजनले बनेको हुन्छ, जसलाई लामो समयसम्म सेवन गर्दा यौन जीवन खलबलिन्छ ।
यौनबद्र्धक फल
स्ट्रबेरी– यो भिटामिन सीको राम्रो स्रोत हो, जसले पुरुषमा स्पर्म काउन्ट बढाउँछ । साथै यसले मुटु र रक्त धमनीमा रक्तप्रवाह पनि गराउँछ । यसलाई डार्क चकलेटमा डुबाएर सेवन गर्दा कामोत्तेजना बढाउँछ ।
बदाम– जिंक सेलेनियम र भिटामिन ईले भरपुर बदामले सेक्स बुस्टरको काम गर्छ । जिंकले सेक्स हर्मोन बढाउने काम गर्छ । भिटामिन ईले मुटुलाई स्वास्थ्य राख्छ ।
सेक्स किलर फुड्स
– चिज
– डाइट सोडा
– सोया
– कृत्रिम गुलियो
– चिप्लो खानेकुरा आदी
केन्द्र बिन्दुबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

