दीपक मनाङे ५ वर्ष जेल जाने, सांसद पद अब नरहने
काठमाण्डौ । मनाङका प्रदेशसभा ख बाट प्रत्यक्षतर्फ निर्वाचित गुण्डा नाइके दीपक मनाङ्गे ५ वर्ष जेल जाने भएका छन् । योसँगै उनको प्रदेशसभा सदस्य पद समेत स्वतः खारेज भएको छ ।
सर्वोच्च अदालतले मंगलबार उनीविरुद्ध जारी कर्तव्यजानको मुद्धामा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरिदिएको हो ।
सर्वोच्चको यो आदेशसँगै मनाङ्गेको सांसद पद स्वतः निलम्बनमा परेको कानून व्यवसायीहरुले प्रष्ट्याएका छन् ।
गुण्डानाइके मनाङ्गेलाई एमालेले टिकट नदिएपछि स्वतन्त्र रुपमा प्रदेशसभा सदस्यमा उम्मेद्वारी दिएका थिए । उनले शानदार मतसहित जित हासिल गरेका थिए, तर दुर्भाग्य प्रदेश सांसद पदको सपथ नलिंदै उनको पद खारेज भएको छ ।
सर्वोच्चले अर्का डन गणेश लामा लगायतलाई भने सफाई दिएको छ ।
दीपक मनाङ्गे समूहले ०६१ सालमा अर्का डन चक्रे मिलन भनिने मिलन गुरुङलाई तरबार प्रहार गरेको थियो । सोही घटनामा दोषी देखिएका मनाङ्गे समूहविरुद्ध प्रहरीले कर्तव्य ज्यानको मुद्धा दायर गरेको थियो ।
जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो । त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरिदिएको थियो ।
सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा मंगलबार न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरिदिएको हो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

