आज पनि पार्टी एकताको काम अगाडी नबढेपछि बाध्य भएर मुख खोले प्रचण्डले,कारण यस्तोपो रैछ
२६ माघ, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीको पार्टी एकता सकारात्मक रुपमा अघि बढेको बताएका छन् ।
उनले पार्टी एकताबारेमा कुन नेताले के भन्छ भन्नेतर्फ नलाग्न आग्रह गरेका छन् ।
शुक्रबार गृहजिल्ला चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकता मोडालिटीबारे छलफल भइरहेको बताए ।
केपी ओली र प्रचण्डको पद बाँडफाँट नटुंगिएका कारण पार्टी एकता ढिलाइ भएको हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘केपीजीले पनि सबै पद पाउनुभएको छ, मैले पनि सबै पद पाएको छु । पदको समस्या छैन । वार्ता छलफल नकारात्मक छैन । म बडो प्रस्टतासँग दोहोर्याएर भन्न चाहन्छु, पद नमिलेको कारण पार्टी एकतामा ढिलाइ भएको छैन ।’
एमाले नेताहरुको कार्य व्यस्तताका कारणले पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको उनले बताए । आफू चितवनबाट फर्किएलगत्तै संयोजन समितिको बैठक बसेर एकता प्रक्रिया अघि बढाउने उनले बताए ।
अर्को एक प्रसंगमा माओवादी अध्यक्ष प्रचण्डले फागुन ६ गतेभित्र नयाँ सरकार गठन हुनेे बताए ।
अनलाइन खबरबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

