ओलीको आयो रातारात यस्तो निर्णय !माओवादी के सरकारमा आउला ?
काठमाडौं, २६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफू नेतृत्वको सरकार बनाउने आन्तरिक गृहकार्यमा जुटेका छन् । स्रोतका अनुसार माओवादी केन्द्रसँग तत्काल एकता नहुने भएपनि माओवादीलाई पनि साथमै लिएर सरकार बनाउनेगरि ओलीले आफू निकट नेताहरुसँग आजबाट परामर्श थालेका छन् ।
ओलीले मन्त्रिमण्डल विस्तारमा एमाले–माओवादीवीच ६५–३५ को अनुपातमा भागबण्डा मिलाउने संकेत समेत गरेका छन् । तर, माओवादीले ४० प्रतिशत माँगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वान–टु–वान भेटवार्तामा समेत मन्त्रिमण्डल विस्तारबारे केन्द्रित रहेर छलफल भएका थिए ।
ओलीले एमालेको भागमा राष्ट्रपति पनि पर्ने भएकोले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिने तयारी थालेका छन् । यसको लागि उनले प्रचण्डलाई समेत कन्भिन्स गराईसकेका छन् । केही दिन पहिले ओली र प्रचण्डले राष्ट्रपति भण्डारीसँग डिनर खाएका थिए ।
यता माओवादीको भागमा पर्ने भनिएको सभामुखमा ओनसरी घर्तीमगरलाई नै अघि सार्ने प्रचण्डको तयारी छ । उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्याउने वाम गठबन्धनभित्र आन्तरिक सहमति भएको छ ।
माओवादी केन्द्रबाट दिनानाथ शर्माको नेतृत्वमा सरकारमा मन्त्रीहरुले सहभागिता जनाउने भएका छन् । शर्मा राष्ट्रिय सभामा हालै निर्वाचित भएका हुन् । उनी प्रदेशमा नम्बर ४ बाट निर्वाचित भएका हुन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

