• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० फागुन २०८२, बुधबार
२० फागुन २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

को रोजे यी मध्यमा केपी ओलीले आफ्नो सरकारमा गृहमन्त्री?पढ्नुहोस

कृष्ण सिंह धामी ।

राष्ट्रवादी भनेर चिनिएका केपी ओलीले अब सत्ता कसरी सञ्चालन गर्लान यो सबैको चासोको विषय बनिरहेको छ । माओवादी केन्द्रको साथ पाएर दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीले गर्ने सत्ता सञ्चालन सबैको चासोको विषय बन्नु स्वभाविक पनि हो ।

पहिलो पटक प्रधानमन्त्री बन्दा उनले सपना देखाएका तर कार्यान्वयन गर्न नसकेका असरल्ल मुद्धा छन् । भारतीय नाकाबन्दीको सामना गरेका ओलीले ९ महिना सत्ता सञ्चालन गर्दा आफ्नो राष्ट्रिय अडान कायमै राखेका थिए ।

जसले गर्दा उनी एकाएक चर्चाको शिखरमा पुगे । यतिबेला दोस्रो कार्यकालको लागि उनी आइरहँदा उनले देखाएको सपनाको निरन्तरता खोज्नु अनर्थ पनि होइन । यो कुरा बुझेका ओलीले अवको आफ्नो टीममा सही ब्यक्ति खोज्नु अनिवार्य नै छ । तमाम मन्त्रालय मध्ये हामी यहाँ प्रधानमन्त्री पछि शक्तिशाली मानिने गृह मन्त्रालयमा ‘फोकस’ हुँदैछौं । आखिर को हुँदैछ गृहमन्त्री ?

थालनी राम्रो

आफ्नो ‘मिसन’लाई सफल पार्न एउटा राम्रो तथा ‘एक्सपोर्ट टिम’को खोजीमा छन्, ओली । त्यसको थालनी उनले लालबाबु पण्डितबाट गरेका छन् । पण्डित यस्ता व्यक्ति हुन जो सामान्य प्रशासन मन्त्री हुँदा सरकारी कर्मचारीले लिदैं आएको पिआर, ग्रिनकार्ड बन्द गराएर लोकप्रिय बनेका थिए ।

यतिबेला उनले जनसंख्या तथा वातावरण मन्त्रालयको चाँबी सम्हालेका छन् । ‘सी’ ग्रेडको मानिने यस मन्त्रालयमा लोकप्रिय लालबाबुको छनौट गरेपछि अन्य मन्त्रालयमा कस्ता ब्यक्ति आउलान् ? अझ को होला गृहमन्त्री भन्ने आम प्रश्न सुरु भएको छ ।

ओलीको नजरमा इमान्दार

आफ्नो ‘मिसन फेल’ खान नदिन ओलीले एउटा ‘एक्पोर्ट कोर टिम’को खोजी गरिरहेका छन् । यसको लागि उनले एमाले र माओवादी भित्रबाट ‘फिल्टराईजेशन’ गरिरहेका छन् । आफु पछिको शक्तिशाली पदमा एउटा यस्तो ब्यक्तिको खोजी गरिरहेका छन्, जसले आफ्नो ‘सेन्स’ बुझेर काम गर्न सकोस् ।

यतिबेला एमाले र माओवादीभित्र सरकारमा जाने मन्त्रीहरुको छनोट भईरहेको छ । ओलीले आफु पछिको सबैभन्दा शक्तिशाली मानिएको गृहमन्त्रालयमा प्रभावशाली व्यक्ति ल्याउन चाहिरहेका छन् ।

एमाले र माओवादीले अर्थ र गृहमन्त्रालय मध्ये एक–एकवटा भाग लगाउने छन् । एमालेले गृहभन्दा अर्थ नै रोज्ने अड्कल काट्न गाहे छैन । त्यस कारण ओलीले माओवादी नेतालाई गृहमन्त्रालयको तालाचावी बुझाउनु पर्ने छ ।

यही कारण ओलीले माओवादी केन्द्रभित्रबाट नै गृहमन्त्रीको खोजी गरिरहेका छन् । ओलीको पहिलो नजरमा पूर्वगृहमन्त्री हुँदा निकै चर्चा पाएका जनार्दन शर्मा ‘प्रभाकर’ परेका छन् । किनपनि भने एमाले–माओवादी एकतामा प्रभाकरको भूमीका उल्लेख्य रहेको थियो । यसकारण पनि ओलीले प्रभाकरलाई धेरै हदसम्म बुझ्ने मौका पाइसकेका छन् ।

यदी प्रभाकर नभएको खण्डमा पूर्व रक्षामन्त्री समेत रहेका तथा अध्यक्ष प्रचण्डका विश्वासमात्र मानिएका राम बहादुर थापा बादल पनि गृहमन्त्री बन्न सक्ने सम्भावना छ । तर प्रचण्ड बादलभन्दा बर्षमानलाई यो जिम्मेवारी दिन चाहान्छन् । तर ओलीले भने बर्षमानलाई रुचाएका छैनन् । बर्षमानका सवालमा ओलीले प्रचण्डलाई समेत हुन्न भन्ने संकेत गरिसकेको स्रोतको बुझाई रहेको छ ।

बादललाई गृह दिएर राष्ट्रियसभा प्रमुख हात पार्ने एमाले चाहना

बादललाई गृहमन्त्रालय दिएर राष्ट्रिय सभा प्रमुख एमालेले पाउने दाउ पनि भित्रभित्रै बनिरहेको नेताहरु बताउँछन् । प्रभाकर भएनन् ओलीले बादललाई गृहमन्त्री बनाएर राष्ट्रियसभा प्रमुख एमालेबाटै बनाउने कार्ड फाल्न सक्ने पनि विश्लेषण गरिन्छ । यद्यपि यस अघि राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रका दिनानाथ शर्मालाई दिने सम्बन्धमा ओली–प्रचण्ड राजी भइसकेको समाचार प्रकासमा आएको थियो ।

अप्ठेरोमा प्रचण्ड

आफ्नै पार्टीका तीनैजना निकटतम नेताहरु बादल, वर्षमान पुन र जनार्दन शर्मामध्ये कसलाई गृह मन्त्रालयमा पठाउने भनी प्रचण्डलाई निर्णय गर्न अप्ठ्यारो भइरहेको स्रोतको दावी छ । प्रचण्ड आफैँ वर्षमानलाई गृहमन्त्री बनाउन चाहिरको प्रचण्ड निकट स्रोतको दाबी छ ।

ओलीले भने वर्षमानको सट्टा बादल वा जनार्दनमा ‘ग्रिन सिग्नल’ दिएका छन् । तर, माओवादी केन्द्रमा सवैभन्दा शक्तिशाली संगठक मानिने वर्षमानलाई नाघेर जान सक्ने अवस्थामा भने प्रचण्ड छैनन् ।

वर्षमानकी नेतृ श्रीमती ओनसरी घर्तीलाई पदीय रुपमा कुनै ठाऊँमा टुंगो लगाउन सकेको खण्डमा भने बर्षमानलाई पार्टी नेतृत्वमा सीमित गर्न सजिलो हुन्थ्यो, प्रचण्डलाई । प्रचण्डलाई परेको अप्ठेरोले गर्दा ओलीलाई सरकार विस्तारमा समेत ढिलाई भईरहेको छ । ओलीले शनिवारभित्र मन्त्रिपरिषद् विस्तार गरिसक्ने बताईरहेका छन् ।

निश्कर्ष
गृहमन्त्रीकालागी ‘लबिङ’ गरिरहेका प्रभाकर, बादल र बर्षमान मध्ये कस्को पल्लाभारी ? यी तीनै नेताहरु आ आफ्नो ठाऊँवाट ‘लबीङ’ गर्दैआएका छन् । प्रभाकर राष्ट्रिय रुपमा, बर्षमान पार्टीगत रुपमा र बादल ब्यक्तिगत रुपमा प्रचण्डसँगको ‘लबिङ’ मा छन् । यी मध्ये कसलाई पर्छ चिठ्ठा ? माओवादीको पोल्टामा गृहमन्त्रालय आएको खण्डमा यी तीन मध्येकै एक जनाले यस्को जिम्मेवारी पाउने पक्का जस्तै छ ।
केन्द्रबिन्दुबाट  साभार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
आज तराईमा हर्षोल्लासका साथ होली मनाइँदै
हजुर एआई एप मार्च १ देखि सेवा सुरु, ‘ठीकठाक’ मा उत्कृष्टलाई मासिक २५ हजार नगद पुरस्कार

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.