Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

साढे ३३ केजी सुन लुकाएको भन्दै ३३ वर्षीय सनम शाक्यको हत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, फाल्गुन, २०
साढे ३३ केजी सुन लुकाएको भन्दै ३३ वर्षीय सनम शाक्यको हत्या

काठमाडौं- सुन तस्करीको विवादमा एक युवकको अपहरणपछि हत्या भएको छ। तस्करी गरिएको साढे ३३ केजी सुन लुकाएको भन्दै मोरङ उर्लाबारीका ३३ वर्षीय सनम शाक्यको अपहरणपछि हत्या भएको खुलेको हो।

हत्यामा संलग्न ३ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। टेकराज मल्ल, नरेन्द्र कार्की र मोहन काफ्ले पक्राउ परेका हुन्।

उनीहरुले अपहरण गरी शाक्यलाई करेन्ट लगाएको र हत्यापछि चारकोशे झाडीमा गाड्ने प्रयास गरेको महाशाखाका एसएसपी दिवेश लोहनीले बताए। घटनामा संलग्न तस्करका नाइकेहरुमाथि पनि अनुसन्धान सुरु भइसकेको उनले बताए।

डिएसपी प्रजित केसीका अनुसार अभियुक्तमध्येका मल्लले चलाएको बा १२ च ५९६३ नम्बरको गाडीमा शाक्यको शव विराटनगरको पोखरीयामा भेटिएको हो।

सिराहको एकान्तस्थलमा लगेर बन्धक बनाई कुटपिटपछि उनको हत्या भएको प्रहरीले जनाएको छ। शव लुकाउन लिएर हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। घटनामा संलग्न केही फरार छन्।

Top Changing Nepal

युट्युब सट्स