• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, पुष १२, २०८२
शनिबार, पुष १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ५. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • ८. राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

  • ९. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

नेपालको विश्वकप छनौट : ५ खेलमा २ जित, उपलब्धि वान डे मान्यता

चैत ३, काठमाण्डौ । नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ र विश्वकप छनोटमा आठौं भएको छ । एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि सातौं स्थानका लागि भएको खेल प्रतिष्ठाको लडाइँ थियो । तर, ब्याटिङमासमस्या दोहोरिँदा हारका साथ प्रतियोगिता टुंग्यायो ।

१९० रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । नेपालको ओपनिङ राम्रो रहेन । लगातार कमजोर प्रदर्शन गर्दै आएका उपकप्तान ओपनर ज्ञानेन्द्र मल्ल मात्र ४ रनमा आउट भए ।

थप २२ रन जोड्दा अर्का ओपनर अनिलकुमार साह पनि ८ रनमा आउट हुन पुगे । तेस्रो विकेटका रुपमा कप्तान पारस खड्का २२ रनमा आउट भए,जतिबेला नेपालले ५१ रन बनाएको थियो । थप ९ रन जोड्दा आरिफ शेख ५ रमा आउट भए भने रोहितकुमार पौडेलले खाता नै खोल्न सकेनन् ।

दिपेन्द्र सिंह ऐरी २५ रनमा पभेलियन फर्किए । सातौं विकेटका रुपमा शक्ति गौचन आउट हुँदा नेपालको स्कोर ७६ रन मात्र थियो । सोमपाल कामी र करण केसीले सातौं विकेटका लागि ३१ रनको साझेदारी गरे । तर, करण १३ रामा आउट हुन पुगे ।

राम्रो पारी खेल्ने प्रयासमा रहेका सोमपाल कामी नवौं विकेटका रुपमा ३६ रन बनाएर पभेलियन फर्किए । यसअघि टस जितेको ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ५० ओभरमा ८ विकेट गुमाएर १८९ रन बनायो ।

नेपालका सोमपाल कामीले ४ विकेट लिए भने ललित नारायण राजवंशी र सन्दिप लामिछानेले २–२ विकेट हात पारे । प्रतियोगितामा पहिलो पटक मौका पाएका भेट्रान बलर शक्ति गौचनले १ विकेट आफ्नो नाममा लेखाएका छन् ।

विश्वकप छनौटमा कूल पाँच खेल खेलेको नेपालले जम्मा दुई खेल मात्रै जितेको छ । दुई खेल जित्दा मात्रै पनि एक दिवसिय मान्यता पाएकाले नेपाली क्रिकेटले सफलता हासिल गरेको भन्न सकिन्छ, तर समग्रमा नेपालको प्रदर्शन निराशाजनक देखियो ।

नेपालले समहु चरणमा हङकङ र प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गरेको हो ।

समूह चरणमा लगातार तीन खेलमा पराजय बेहोरेपछि नेपालले  हङकङलाई ५ विकेटले पराजित गरेको थियो । त्यसअघि समूह बिको नेपाल पहिलो खेलमा टेष्ट नेशन राष्ट्र जिम्बावेसँग ११६ रन,दोस्रो खेलमा स्कटल्याण्डसँग ४ विकेट र तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

छनोटमा नेपालको समूहबाट जिम्बावे,अफगानिस्तान र स्कटल्याण्डले सुपर सिक्समा स्थान पक्का गर्यो ।  यस्तै समूह ए बाट वेष्ट इण्डिज, आयरल्याण्ड र युएईले सुपर सिक्समा स्थान बनाउदै विश्वकप खेल्ने सपना कायम राख्न सफल भयो ।

यता, खराब प्रदर्शनकै कारण नेपालको सुपर सिक्स पुग्ने सपना समाप्त भएको थियो ।  पाँच टिममध्ये ३ टोलीले सुपर सिक्समा स्थान बनाउने समूह चरणमा नेपाल चौथो स्थानमा रह्यो । चौथो स्थानमा रहेर प्ले अफमा पुगेसँगै नेपालको एकदिवसीय विश्वकप खेल्ने सपना पुन केहि बर्ष पछाडी धकेलियो ।

यस्तै पपुवा न्युगिनी नवौं र हङकङले दशौं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेका छन् । नवौं स्थानको प्लेअफमा पीएनजीले हङकङलाई ५८ रनले पराजित गरेको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.