‘शत्रु गते’ फिल्म आजदेखि प्रदशन
मल्टिस्टार ‘शत्रु गते’ शुक्रबार रिलिज भएको छ । चलचित्रले सोलो रिलिज हुने मौका पाएको छ । बलिउडमा पनि राम्रा चलचित्र नआएकाले ‘शत्रु गते’ लाई निकै फाइदा हुने देखिएको छ । चलचित्र रिलिज अगाडि नै मल्टिप्लेक्समा खुल्ला गरिएको बुकिङ राम्रो देखिएको छ । सार्वजनिक गीत तथा ट्रेलरको कारण प्रतिक्षित बनेको चलचित्र हेर्न दर्शकले चासो देखाएका छन् ।
मल्टिप्लेक्समा राम्रो शो पाएको छ । फिल्मले क्युएफएक्स च्यानलअन्तर्गतको हलमा २२ शो, बिग मुभिजमा ९ शो, एफक्युबमा ८ शो, सिने डी सेफमा १० शो, बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ । राजधानीका सिंगल हलमा पनि राम्रो शो पाएको छ । चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।
फिल्मलाई मह सञ्चारको ब्यानरमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् ।
‘शत्रु गते’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मालगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ । चलचित्रका निर्देशक भट्टराईले ‘शत्रु गते’ मा तीन पुस्तालाई देखाउन खोजिएको बताए । स्टारडमभन्दा पनि क्यारेक्टरअनुसार चलचित्र बनाएको उनको भनाइ छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

