अभिनेता सलमान खान दोषी ठहर, ६ बर्षसम्म जेल सजाय हुने
काठमाडौँ ।
कृष्णसारको शिकार गरेको आरोपमा बलिउड अभिनेता सलमान खान दोषी ठहर भएका छन् । जोधपुरको एक अदालतले १९ वर्ष पुरानो मुद्दामा सुनुवाई गर्दै चलचित्र अभिनेता खानलाई दोषी ठहर गरेको हो ।
सरकारी वकिलले ६ वर्षको कैद सजाय माग गर्दै रिट दायर गरेका थिए । सलमानलाई एक वर्षदेखि छ वर्षसम्म जेल सजाय हुन सक्ने छ । सो मुद्दामा मुछिएका अभिनेता सैफ अलि खान, अभिनेत्री सोनाली बेन्दे्र, निलम, तब्बू लगायत भने निर्दोष ठहर भएका छन् । चलचित्रको छायांकनका क्रममा राजस्थानको जोधपुर पुगेका कलाकारको टोलीले कृष्णसारको शिकार गरेका थिए । मुद्दाको सुनुवाईका लागि सलमान खान, सैफ अलि खान, निलम लगायत जोधपुरमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तो थियो घटना
यो घटना चलचित्र ‘हम साथ साथ हे’ को सुटिङको दौरानमा घटेको थियो । सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको यस चलचित्रको सुटिङको समयमा सलमान खानले कृष्णसार मारेको आरोप लागेको छ । साथै सलमानलाई उक्साउन सहयोग गरेको आरोपमा सैफ अली खानसहितका अन्य कलाकारको नाम पनि समावेश छ । सलमान खानलाई वन्यजन्तु संरक्षण कानुनको धारा ५१ त्था अन्य कलाकारलाई वन्यजन्तु संरक्षण कानुनको धारा ५१ त्था भारतीय दण्ड सहिंताको धारा १ सय ४२ अन्तरगत मुद्दा चलाइएको छ ।
news24 बाट
https://www.youtube.com/watch?v=Jqj6hUlObMs&t=1s
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

