मुख्यमन्त्री राउतको अभिव्यक्ति र किर्ते आजादको टुइट खेदजनक
वैशाख ३१, काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादको अभिव्यक्ति निन्दनीय भएको बताएका छन् ।
आज संसदमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति पनि खेदजनक भएको बताएका हुन ।
सोमबारको बैठकमा अरु सांसदहरुले पनि भाजपा सांसद आजादको ट्वीट र मुख्यमन्त्री राउतको अभिव्यक्तिबारे प्रश्न उठाएका थिए । आजादले मोदीको नेपाल भ्रमणका क्रममा जनकपुरलाई भारत फिर्ता ल्याउनुपर्ने ट्वीट गरेका थिए ।
सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाजपा सांसदको अभिव्यक्ति नेपाल–भारत सम्बन्ध विगार्ने कुत्सित मनसायबाट लक्षित रहेको भन्दै यसबारे भारत सरकारको ध्यानाकर्षण गराउने बताए ।
संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्दे्शित गरेको भन्दै मन्त्री ज्ञवालीले नेपालको आन्तरिक विषय द्विपक्षीय छलफलको विषय हुन नसक्ने प्रष्ट पारे । परराष्ट्रमन्त्री ज्ञवालीले प्रदेश २ का मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा दिएको अभिव्यक्ति खेद जनक रहेको बताए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

