• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ जेठ २०८३, मङ्गलबार
१२ जेठ २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
  • ११ घण्टा 

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • १५ घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • १६ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • १७ घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • १७ घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • १९ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • २१ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ४. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ५. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ६. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ७. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • ८. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

मोदीको भ्रमणबारे भारतमै प्रश्न

admin २०७५, जेष्ठ, १

काठमाडौं १ जेठ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण (२८–२९ वैशाख) बारे भारतमै प्रश्न उठेको छ । उनको भ्रमणबारे नेपालको संघीय संसद्मा चर्काचर्की चलिरहेका बेला भारतका प्रमुख राजनीतिक दलबीच पनि आरोप–प्रत्यारोप सुरु भएको छ ।

नेपाल भ्रमणका क्रममा मोदीले प्रमुख हिन्दु तीर्थस्थल जनकपुरधाम, पशुपति र मुक्तिनाथ भ्रमण गरेको विषयमा सत्ताधारी दल भारतीय जनता पार्टी र प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेसबीच आरोप–प्रत्यारोप चलेको हो ।

प्रतिपक्षी कंग्रेसले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएको हिन्दु धार्मिक तीर्थाटनप्रति आपत्ति जनाएको छ । उक्त भ्रमण नेपालसँगको सम्बन्ध सुधार्नभन्दा कर्नाटकको चुनाव प्रभावित गर्न लक्षित भएको आरोप कंग्रेसको छ ।

कंग्रेसका महासचिव तथा वरिष्ठ नेता अशोक गहलोतले मोदीको भ्रमणलाई दक्षिण भारतीय राज्य कर्नाटकको चुनाव प्रभावित पार्ने नियतले गरिएको दाबी गरे । कर्नाटकका हिन्दु मतदाता प्रभावित गर्न मोदीले जनकपुर, पशुपति र मुक्तिनाथ दर्शन गरेको आरोप उनले लगाए ।

राजस्थानका पूर्वमुख्यमन्त्री गहलोतले मोदीको नेपाल भ्रमणको साइत नियतवश नै कर्नाटक चुनावको समयमा पारिएको र निर्वाचन आचारसंहिताको धज्जी उडाइएको समेत बताए । सोही दलका प्रवक्ता टोम वडक्कनले पनि समयका हिसाबले मोदीको भ्रमणमाथि प्रश्न गर्ने प्रशस्त ठाउँ रहेको बताए ।

‘भ्रमणलाई लिएर प्रश्न गर्ने प्रशस्त ठाउँ छ । यो विदेश मामिलासँग जोडिएको विषय भए पनि देशभित्र चुनावी प्रक्रिया चलिरहेका बेला भएको धार्मिक भ्रमणलाई सही मान्न सकिँदैन,’ उनले भने । गहलोतको भनाइको समर्थन गर्दै प्रवक्ता टोमले भने, ‘पार्टीको महासचिव भएकाले पनि उहाँले बोलेका कुरा पार्टीको आधिकारिक लाइनभन्दा फरक पर्दैन ।’

भाजपाका प्रवक्ता नलिन एस कोहलीले भने गहलोतको आरोपको खण्डन गर्दै मुलुकको विदेश सम्बन्ध र देशभित्रको चुनावबीच कुनै सरोकार नभएको बताए ।

कोहलीले भने, ‘मलाई विश्वास छ, गहलोतलगायत कंग्रेसका वरिष्ठ नेताहरू यसबारे जानकार छैनन् । उनीहरूको तर्कसँग सहमत हुने हो भने भारतमा बर्सेनि नियमित रूपमा धेरैवटा चुनाव हुने गर्छन् र त्यसो हो भने हाम्रा प्रधानमन्त्रीले कहिल्यै पनि छिमेकी मुलुकको भ्रमण गर्न पाउने छैनन् ।’
भारतका प्रमुख राजनीतिक दलबीच नेपालका पवित्र तीर्थस्थललाई लिएर भएको आरोप–प्रत्यारोपको मुख्य कारण १२ मेमा सम्पन्न कर्नाटकको चुनावी परिणामले राख्ने दुरगामी महत्त्व पनि हो ।

किनकि, राजनीतिक विश्लेषकहरूले कर्नाटक राज्यको चुनावको परिणामले भारतको केन्द्रीय राजनीतिको कोर्स नै बदल्न सक्ने आकलन गरेका छन् । त्यसैले पनि कंग्रेस र भाजपा दुवैले कर्नाटक चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

कंग्रेसले जित हासिल गरे उसको मनोबल उच्च हुने र उसकै पछाडि अन्य दल पनि २०१९ को लोकसभाका लागि बीजेपी सरकारविरुद्ध गोलबद्ध हुँदै जाने विश्लेषकहरूको दाबी छ । सत्तारूढ दल भाजपाले यो चुनावलाई दक्षिण भारतको प्रवेशद्वारका लिएको देखिन्छ । कर्नाटकमा जित हात पारे आगामी लोकसभा चुनावसम्म दक्षिण भारतीय राज्यहरूमा समेत आफ्नो प्रभाव विस्तार गर्दै लैजाने योजनामा भाजपा देखिन्छ ।

मोदीको यस पटकको नेपाल भ्रमण विशेषत: घरभित्रको राजनीति लक्षित भएको दाबी दिल्लीका परराष्ट्र मामिलाका विश्लेषक र पत्रकारहरूले समेत गरेका छन् । जनकपुर, मुक्तिनाथ हुँदै पशुपतिनाथ गएर टुंगिएको उनको तीर्थाटन विशेषगरी उत्तरप्रदेश, बिहारदेखि दक्षिण भारतीय राज्य कर्नाटकसम्म लक्षित रहेको उनीहरूको दाबी छ । कर्नाटकको जनसांख्यिक संरचना हेर्ने हो भने उक्त दाबीलाई गलत भन्न मिल्दैन ।

करिब ८४ प्रतिशत हिन्दु जनसंख्या भएको कर्नाटकमा हिन्दु धर्मावलम्बीमध्ये पनि शैव र वैष्णव सम्प्रदायको बाहुल्य छ । वैष्णव सम्प्रदायका लागि मुक्तिनाथ र शैव सम्प्रदायका लागि पशुपतिनाथ सबैभन्दा ठूला पवित्रस्थल मानिन्छन् ।

एक भारतीय अंग्रेजी दैनिकका वरिष्ठ पत्रकारले नाम नबताउने सर्तमा मोदीका हरेक कदम विशेष रणनीतिअन्तर्गत हुने हुँदा एकैपटक नेपालका तीनवटा तीर्थस्थलको भ्रमण हुनु पनि त्यसै रणनीतिअन्तर्गत रहेको बताए ।

मोदीको भ्रमण विशेषगरी कर्नाटकमा हिन्दु र त्यसमा पनि वैष्णव सम्प्रदाय र उत्तरप्रदेशमा रामभक्त हिन्दुहरूको मन जित्न लक्षित रहेको ती पत्रकारको दाबी छ । भ्रमण हालै सम्पन्न कर्नाटक चुनावदेखि आगामी वर्षको लोकसभा चुनावसम्म लक्षित रहेको ती पत्रकारले बताए ।

त्यसो त सन् २०१४ मा १८ औं सार्क सम्मेलनताका भएको मोदीको नेपाल भ्रमणमा पनि जनकपुर भ्रमणको योजना विवादित बनेको थियो । त्यतिबेला मोदीले जनकपुरमा सार्वजनिक सभालाई सम्बोधन गर्ने र त्यही कार्यक्रममा स्थानीय महिलालाई १० हजार थान साइकल बाँड्ने योजना सार्वजनिक भएको थियो ।

तर, उक्त कार्यक्रमबाट मोदीले नेपालको मधेसी राजनीतिप्रति आफ्नो समर्थन देखाउने र सीमावर्ती बिहारको भोट बैंक रिझाउने नियत राखेको ठम्याउँदै तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले असहमति जनाएपछि उक्त कार्यक्रम रोकिएको थियो । यस पटक भने मोदीले जनकपुरसहित अन्य दुई प्रमुख हिन्दु तीर्थस्थलको समेत भ्रमण गरेका छन् । अन्तिम समयमा स्थगित गरिएको उक्त भ्रमणलाई लिएर कंग्रेस आईका मणिशंकर ऐरलगायतका वरिष्ठ नेता अहिले पनि तिखो आलोचना गर्छन् ।

त्यसो त मोदी भ्रमणको मितिबारे यस पटक नेपालमा पनि टीकाटिप्पणी नभएको होइन । भारतीय पक्षबाट एकतर्फी रूपमा मिति प्रस्ताव गरिएकोमा कूटनीतिक वृत्तबाटै आलोचना भएको थियो । आफ्नो पहिलो विदेश भ्रमण भारतबाट गरेका प्रधानमन्त्री केपी ओली पनि चीन जाने तयारी गर्दै थिए । त्यसैको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन गएका थिए ।

तर, परराष्ट्रमन्त्री ज्ञवाली चीन भ्रमणमै रहेका बेला भारतीय विदेश मन्त्रालयले मोदी भ्रमणका लागि मिति नै किटान गरेर प्रस्ताव पठाएपछि अप्ठ्यारो परिस्थिति सिर्जना भएको थियो । काठमाडौं ओर्लेलगत्तै ज्ञवालीले मोदीको भ्रमण मितिबारे छलफल हुन बाँकी रहेको बताए पनि अन्तत: केही सातापछि नेपाली पक्षले भारतीय प्रस्तावअनुसारै भ्रमण मितिमा सहमति जनाएको थियो ।कान्तिपुरबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु

ताजा

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.