धुर्मुस–सुन्तली फाउन्डेसनले उठाउँदै आएको चन्दा संकलनमा सरकारको रोक
काठमाडौं १८ जेठ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सफाइका नाममा धुर्मुस–सुन्तली फाउन्डेसनले उठाउँदै आएको चन्दा संकलन कार्यलाई सरकारले रोक लगाएको छ । फाउन्डेसनले कानुनविपरीत चन्दा संकलन गरिहेको भन्दै आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चन्दा उठाउन रोक लगाएको हो ।
वीर अस्पतालको शौचालय फोहोर भएको र वैज्ञानिक ढंगबाट सफाइ गर्ने भन्दै २३ वैशाखबाट कलाकार सीताराम कट्टेल (धुर्मुस)ले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको उपस्थितिमा वीर अस्पताल सफाइ अभियान सुरु गरेका थिए । सफाइ सुरु भएको एक सातामै धुर्मुसले सार्वजनिक रूपमा फाउन्डेसनका नाममा रकम उठाउन थालेपछि विवाद भएको थियो । आलोचना बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्यालले वीर अस्पताल सफाइको नाममा चन्दा उठाउन रोक लगाउने निर्णय गरेकी हुन् ।
वीर अस्पतालमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले सफाइका नाममा केही कमीकमजोरी भएको स्विकारर्दै चन्दा नउठाउन निर्देशन दिएकी हुन् । उनले अस्पताल सफाइको क्षेत्रमा देखिएको समस्या तीन पक्ष बसेर समाधान गर्ने पनि बताइन् ।
वीरका नाममा १४ लाख संकलन
कार्यक्रममा उपस्थित धुर्मुसले राम्रो काम गरेका कारण फाउन्डेसनले निरन्तर सहयोग पाइरहेको बताए । उनले भने ‘चन्दा भन्ने शब्दमा म सहमत छैन, धुर्मुस–सुन्तली फाउन्डेसनले राम्रो काम गरेको छ । त्यसबापत सहयोग जुटेको हो ।’ उनले वीर अस्पतालमा जेजस्तो काम भइरहेको छ, त्यो सबै अस्पताल र मन्त्रालयको सहमतिमै भइरहेको पनि बताए । धुर्मुसलेले अभियानका नाममा हालसम्म १४ लाख ६४ जार ८ सय ३५ रुपैयाँ उठेको जानकारी दिए । रंगरोगनका नाममा हालसम्म ४८ लाख रुपैयाँ खर्च भएको उनले बताए । यसअघि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको कार्यकालमा करिब १० लाख लागतमा वीर अस्पतालमा रगरोगन भएको थियो ।
टेन्डरविना लाखौँको काम
नियमअनुसार ५ लाखभन्दा बढी रकमको काम गर्नुपरे सार्वजनिक रूपमा टेन्डर आह्वान गर्नुपर्छ । वीर अस्पतालका निर्देशक प्राडा. भूपेन्द्र बस्नेतका अनुसार समस्या भएको अवस्थामा ५ लाखसम्म विनाटेन्डर काम गर्न सकिन्छ । त्यसभन्दा माथिका लागि टेन्डर अनिवार्य हुन्छ । तर, विनाटेन्डर सरकारी खर्चमा वीर अस्पतालमा ४८ लाखमाथि खर्च भएको छ ।
नयाँपत्रिकाबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

