नेपाल–भारत इपिजीको अन्तिम बैठक असारमा
काठमाडौं, जेठ २० । १८ देखि २० जेठका लागि डाकिएको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को अन्तिम बैठक १५ र १६ असारमा बस्ने तय भएको छ । भारतीय सदस्यहरूको प्रस्तावमा बैठकको मिति तय भएको हो । यसअघि आठवटा बैठक बसिसकेको इपिजीको म्याद २० असारमा सकिँदै छ ।
बैठकमा दुवै पक्षबीच १९५० को सन्धि प्रतिस्थापन र नेपाल–भारत खुला सीमा नियमनबारे साझा धारणा बन्न सके साझा प्रतिवेदन तयार हुनेछ । तर, यसबारे भारतीय सदस्यले स्पष्ट जवाफ नदिँदा सहमति हुने–नहुने निश्चित भइनसकेको नेपाली पक्षको बुझाइ छ ।
बैठकमा दुवै पक्षबीच १९५० को सन्धि प्रतिस्थापन र नेपाल–भारत खुला सीमा नियमनबारे साझा धारणा बन्न सके साझा प्रतिवेदन तयार हुनेछ । तर, यसबारे भारतीय सदस्यले स्पष्ट जवाफ नदिँदा सहमति हुने–नहुने निश्चित छैन ।
२९ र ३० चैतमा दिल्लीमा बसेको इपिजीको आठौँ बैठकमा १९५० को नेपाल–भारत सन्धि र नेपाल–भारत सीमा नियमनको विषयमा आठ घन्टाभन्दा लामो छलफल भएको थियो । सोही बैठकले १८ देखि २० जेठसम्म तीन दिन काठमाडौंमा अन्तिम बैठक गर्ने र सहमतिको साझा प्रतिवेदन दुवै सरकारलाई बुझाउने सहमति निकालेको थियो ।
नयाँपत्रिकाबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

