• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • ११ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

  • २. २०८३ असार ३० गते मंगलवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ४. सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

  • ५. ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रम्बी इलेक्ट्रिक कार ?

  • ६. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ८. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ९. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • १०. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

के गर्दैछन् ‘भिआईपी’ कैदी

admin २०७५, जेष्ठ, २१

काठमाडौं २१ जेठ । डिल्लीबजार कारागारमा पूर्वप्रहरी महानीरिक्षक ओमविक्रम राणा, प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हत्या गरेर सर्वस्वसहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालगायत कैद जीवन बिताइरहेका छन्। जेल पर्नुअघि प्रतिष्ठित सामाजिक र सुविधाभोगी जीवन बिताइरहेका यी सबै पूर्व भिआइपी हुन्।

सुडान घोटाला काण्डमा दोषी ठहर भई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना सुनाइएका पूर्वआइजिपी राणा झन्डै एक वर्षदेखि जेलमा छन्। कारागारको ‘क’ ब्लकमा रहेका उनी अधिकांश समय टेलिभिजन हेरेर बिताउँछन्। सशस्त्रका पूर्वडिआइजी रञ्जन जेलमा पनि सन्की व्यवहार देखाउँछन्। घरमा जस्तै रबाफिलो शैली देखाउँछन् दीपक मनाङे। अर्का गुन्डा नाइके गणेश लामाको व्यवहार भने भद्र छ। रेशम चौधरी जेल छिर्दा उत्साहित थिए, तर अहिले निराश बन्दै गएको जेलका कर्मचारी बताउँछन्। नागरिकबाट

पुस्तक पढ्न नरुचाउने राणा
पूर्वआइजिपी राणा बिहान ५ बजे उठ्छन्। चिया, बिस्कुट र पाउरोटी उनको बिहानको खाजा हो। त्यसपछि ब्याडमिन्टन खेल्छन् उनी।

केही समय घरकै खाना खाए पनि अहिले उनी जेलकै खान खान्छन्। दिउँसोको खाजामा आफन्तले ल्याएको फलफूल खान्छन् राणा। साँझसम्म उनी जेलका कर्मचारी र प्रहरीसँग गफिएर समय बिताउँछन्। ‘पहिले भए सलाम हान्नुपथ्र्यो, अहिले सलाम हान्नु पर्दैन। उनले सोधेका केही विषयमा जबाफ दियो, बाँकी उनकै कुरा सुन्ने’, जेल सुरक्षाका लागि खटिएका एक प्रहरीले भने। उनले आफू बस्ने कोठामा टिभी राखेका छन्। जेलभित्र सबै कैदीको कोठामा टिभी भएकाले अधिकांश समय टिभी हेरेरै बिताउने गरेका छन्। कहिलेकाहीं रन्जन र राणा सँगै ब्याडमिन्टन खेल्छन्। राणालाई केही पूर्वप्रहरी अधिकृत भेट्न जान्छन्। उनलाई भेट्न हरेक शनिबार परिवारका सदस्य कारागारमा पुग्छन्। राणा पुस्तक पढ्न त्यति रुचाउँदैनन्। उनी अन्य भिआइपीहरूसँग दिउँसो क्यारेम बोर्ड, चेस, लुडो खेल्ने, पत्रपत्रिका र पुस्तक पढ्ने र टिभी हेर्ने गर्छन्। साँझ ११ बजेसम्म प्रहरी, कर्मचारी र कैदीसँग कुराकानी गरेपछि उनी १२ बजे सुत्छन्। राणालाई त्यहाँ रहेका प्रहरीले थोरै सम्मानजनक व्यवहार गरेको देखिन्छ। ‘जे भए पनि पूर्वहाकिम हुन्। कानुन पालना गर्दा जेलमा आएका छन्। उनलाई हामीले थोरै सम्मान गरेको देखिए पनि कैदी भएपछि भिआइपी वा सामान्य भन्ने हुँदैन,’ जेल एक प्रहरी कर्मचारीले भने। सर्वोच्चले सुडान घोटाला काण्डमा उनलाई गत वर्ष १७ वैशाखमा दोषी ठहर गरेको थियो।

सन्की कोइराला
सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको दैनिकी राणाको भन्दा अलिक भिन्न छ। कहिलेकाहीं त उनी कोठाबाट बाहिरै ननिस्की टिभी हेरेरै दिन बिताउँछन्। उनी बिहान ५ बजे उठेर शारीरिक अभ्यास गरेपछि खाजा खान्छन्। त्यसपछि उनी भित्रबाट बाहिर निस्कँदैनन्। सन्की स्वभावका कोइराला पुस्तक पढ्छन् तर पत्रिपत्रिका भने छुँदै–छुँदैनन्। जेलको सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीका अनुसार उनी कहिलेकाहीं ब्याडमिन्टन खेल्छन्। बाँकी समय जेलमै रहेका नाइके, भाइ नाइके र अन्य कैदीसँग गफगरेर बिताउँछन्। आफ्नो कुरामा जिद्दी गर्ने भएकाले उनको नजिक पर्न अरू डराउँछन्। ‘कोइरालाको घरपरिवार पनि भेट्न आएको हामीले थाहा पाएका छैनौं। कहिलेकाहीं आफन्त हाैं भन्दै आउँछन् तर हामी चिन्दैनौं भेटाइदिन्छौं’, कारागार स्रोतले भन्यो। पत्नी गीता ढकालको हत्या अभियोग प्रमाणित भएपछि उनी जेलचलान भएका हुन्। डिल्लीबजार कारागार जानुअघि कोइराला नख्खु कारागारमा थिए।

रबाफिला मनाङे
कैदीमध्ये दीपक मनाङे सबैभन्दा रबाफिला देखिन्छन्। बाहिर निस्कनु, शारीरिक अभ्यास गर्नु र वरिपरि दुईचारजना राखेर गफ गर्नु उनको बानी हो। कालो चस्मा लगाएर चिटिक्क परी देखिने गरेका उनी सबैसँग मिलेर बस्ने गरेको जेल स्रोतको दाबी छ। ‘अरु कैदी पनि दीपक दाइ भन्दै अघिपछि लागेका हुन्छन्। बिहानै शारीरिक अभ्यास र ब्याडमिन्टन खेल्न निस्कन्छन्। मनाङे खाजा खाँदा पनि कहिल्यै एक्लै हुँदैनन्। ‘मनाङेले मैले सर्वोच्चमा अपिल गरिसकें अब छिटै निस्कन्छु भन्ने गफ दिने गरेका छन्’, जेल स्रोतले भन्यो, ‘उनको रबाफ हेर्न लायककै हुन्छ।’ चक्रे मिलनलगायतलाई ज्यान मार्ने उद्योग गरेकोमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो।

भद्र गणेश लामा
विभिन्न आपराधिक गतिविधिमा मुछिउका गणेश लामा पेस्तोलसहित ३० फागुनमा काठमाडौंबाट पक्राउ परेपछि उनलाई हातहतियार तथा खरखजना ऐनअन्तर्गत पुपक्षका लागि डिल्लीबजार पठाइएको छ। उनको दैनिकी सामान्य कैदीको जस्तै छ। उनी बिहान उठेर केही बेर शारीरिक अभ्यास गर्छन्। प्रायः कोहीसँग नबोल्ने स्वभावका लामा पत्रपत्रिका र टिभी हेरेर समय बिताउँछन्। गौशालास्थित होटल पशुपति भिजनबाट लामालाई प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउन्ड गोलीसहित पक्राउ गरी पुर्पक्षमा पठाएको हो । गुन्डागर्दीमा उनकै गुरु दीपक मनाङे त्यही जेलमा भए पनि उनीहरूबीच बोलचाल भएको छैन।

निराश रेशम
भूमिगत हुँदै कैलालीबाट निर्वाचित भएका रेशम चौधरीलाई टीकापुरबाट कारगारबाट डिल्लीबजार ल्याएपछि केही दिन उनी उन्मत्त हात्तीजस्तै भएका थिए। सुरुमा ‘मलाई सरकारले छोड्ने सहमति गरिसकेको छ, ३४ हजार मत ल्याएर जितेको सांसद हुँ, यस्ता स्थानमा राख्न मिल्दैन’ भन्दै चौधरीले दिनहुँ झगडा गर्थे। तर अचेल उनको स्वाभावमा परिवर्तन आएको छ। उनी कोहीसँग नबोली झोक्राएर बस्ने गरेका छन्। ०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र १ नाबालकको ज्यान गएको थियो। त्यही घटनामा चौधरीलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखेर खोजतलास गरेपछि उनी आफैं आएर कैलाली जिल्ला अदालतमा हाजिर भएका थिए। उनी बिहान साढे पाँच बजे उठ्छन् र शारीरिक अभ्यास गर्छन्। बिहानको खानापछि पत्रपत्रिका र टिभी हेर्छन्। उनका आफन्त भेटघाटका लागि आइरहन्छन्। कराते खेलाडी भएकाले उनका चेला पनि भेटघाटका लागि आउने गरेका छन्। उनी सामान्य कैदीजस्तै गरी बस्ने गरेका छन्।

किन रोज्छन् डिल्लीबजार
चार रोपनी क्षेत्रफल फैलिएको डिल्लीबजार कारागारमा अहिले पाँच सय ४९ कैदी बन्दी छन्। कारागारका प्रमुख अरुण पोखरेलका अनुसार थोरै कैदी र पायक पर्ने ठाउँमा भएकाले भिआइपीले सो कारागार रोज्ने गरेका हुन्। ‘रत्नपार्कबाट कम समयमा पुग्न सकिन्छ। आन्तरिक व्यवस्थापन पनि राम्रो छ। कैदी बन्दीको संख्या पनि थोरै छ, त्यसैले यता सहज भएको हुनसक्छ’, पोखरेलले भने। कैदीका रुपमा भित्र आएपछि नेपाल सकारको नियमका अतिरिक्त आन्तरिक व्यवस्थापनको नियमसमेत मान्नुपर्ने भएकाले बाहिर भिआइपी देखिए पनि कैदीको स्तर भने समान हुने उनको भनाइ छ। सबै पूर्वभिआइपी सामान्य कैदीका रुपमा रहेको कारागार प्रमुख पोखरेलको दाबी छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.