फेरी गगन थापाले भन्नु सम्म भने अर्थमन्त्रीलाइ !खास के भने ?पढ्नुहोस
काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले बजेट संघीयताको भावना विपरित भएको आरोप लगाएका छन् । उनले बजेट आशा गरेभन्दा निकै कमजोर भएको गुनासो पोखे ।
आईतबार आर्थिक वर्ष २०७५ ०७६ को बजेटमाथिको छलफलमा भाग लिदैं थापाले भने, ‘बच्चा अनुत्तीर्ण हुन्छ भन्ने लाग्दै गर्दा पास भए पनि खुशी लाग्छ तर बोर्ड फस्ट हुन्छ भन्ने आशमा भए पास मात्रै भए पनि दुस्ख लाग्छ। अहिलेको बजेटले पनि नैराश्यता ल्याएको छ।‘
थापाले भने, ‘सरकारलाई २०१६ र २०४८ सालको जस्तो अनुकुल अवस्था थियो। तर बजेट मार्गदर्शन गर्न चुकेको छ। सरकारले पूर्वाधारको कुरा गरेको छ तर ठूला आयोजनामा लगानी छुट्याउन सकेको छैन। कर प्रशासनलाई चुस्त बनाउने योजना ल्याउन सकेको छैन।‘
अर्थमन्त्रीले संसद विकास कोषको नाम परिवर्तन गरेको भएप्नि संघियताको मर्म विपरितको उक्त कार्यक्रम हटाउने साहस नगरेको सांसद थापाले आरोप लगाए ।
करको दर बढाएर राजस्व बढाउँनु ठूलो विषय नभएको उनको भनाई थियो । सांसद थापाले करमा दर बढाउन धेरै पढेको अर्थमन्त्री नै नचाहिने धारणा राखेका थिए ।
सांसद थापाले भने,‘करमा दायरा बढाउन धेरै सृजनात्मक कार्यक्रम राख्न सकिन्थ्यो तर बजेटमा त्यस्ता कार्यक्रम आउन सकेका छैनन्।
सम्बन्धित समाचार
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
ट्रेन्डिङ
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
