Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

अनमोल केसी चलचित्र ‘ब्याचलर बन्टी’ मा नायकको भूमिकामा यसरि आउदै छन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, जेष्ठ, २१
अनमोल केसी चलचित्र  ‘ब्याचलर बन्टी’ मा  नायकको भूमिकामा  यसरि आउदै  छन

काठमाडौँ ,

मिलन चाम्सले निर्देशन गर्ने आगामी सिनेमाको नाम ‘ब्याचलर बन्टी’ जुराइएको छ । जुन सिनेमाको मुख्य भूमिकामा युवास्टार अनमोल केसी फाइनल भैसकेका छन् । भने, हिरोइनको खोजी कार्य जारी छ ।

प्रदीप भारद्वाजले लेखन रहने सिनेमाको नाम आइतबार चलचित्र विकास बोर्डमा दर्ता पनि गरिएको छ । प्रेमकथामा बन्ने सिनेमालाई यहिँ वर्षको फागुन १७ मा प्रदर्शन गरिने निर्माण पक्षको लक्ष्य छ । ‘ब्याचलर बन्टी’को सम्पूर्ण छायाँकन युरोपमा हुनेछ ।

चाम्स इन्टरटेनमेन्ट र सुदिप खड्का प्रोडक्सनको व्यानरमा बन्ने सिनेमाका अन्य कास्ट एण्ड क्रु फाइनल भैसकेका छैनन् । चाम्स निर्देशित छैटौँ सिनेमा ‘बोबी’ असार २९ मा रिलिज हुँदैछ ।

Top Changing Nepal

युट्युब सट्स