कालीमाटी फलफूल तथा तरकारी बजारका बिचौलिया यसरि हुन्छन मालामाल
काठमाडौं २४ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजारमा २० गुणा बढी भाडा असुल गर्ने बिचौलियाहरुको सूची तयार भएको छ ।कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालको अनुगमनको प्रभावस्वरुप कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिचौलियाहरुको सूचि तयार पारेको हो ।
मन्त्री खनालले गत सोमबार बजारको अनुगमन गरी बजारलाई तत्काल बिचौलियामुक्त गर्न समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेललाई निर्देशन दिएका थिए । मन्त्री खनालको निर्देशनपछि समितिले आफूसँग भाडा सम्झौता गरेर सटर चर्को मूल्यमा अरुलाई नै भाडामा लगाउने बिचौलियाको सूचि तयार गरेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा हाल ३८७ वटा सटर छन् । समितिले ती सटरमा क्षेत्रअनुसार ५ देखि ८ हजार भाडा लिने गरेको छ । तर, समितिसँग यति सस्तोमा भागा सम्झौता गरेका बिचौलियाहरुले २ लाखसम्म भाडा असुल्ने गरेको मन्त्री खनालले सोमबार गरेको अनुगमनका क्रममा खुलेको थियो ।समितिले मासिक २७ लाख भाडा पाउने सठर बिचौलियाहरुले मासिक ७ करोड रुपैयाँभन्दा बढी उठाएर रजाई गरेको पाइएको छ । –कारोबार दैनिकबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

