ठिलेन लामाको निर्देशनमा बन्ने चलचित्र “मेतोक”को फस्ट लुक सार्वजनिक
जानकारी केन्द्र
२०७५, श्रावण, १२
काठमाडौँ,
ठिलेन इन्टरटेनमेन्टको ब्यानरबाट बन्न लागेको ह्योल्मो आदिवासी चलचित्र “मेतोक”को पोष्टर सार्वजनिक भएको छ । ठिलेन लामाको निर्देशनमा बन्ने चलचित्र भदौको पहिलो हप्ताबाट छायांकनमा जाने निर्माण टिमले जनाएको छ ।
हेलम्बु, मनाङ्ग र काठमाडौँमा खिचेने चलचित्रलाई सर्किनी ह्योल्मोले लगानी गरेकी हुन् । चलचित्रमा ३ ओटा गीतहरु रहनेछन जसमध्ये एउटा गित चर्चित गायक राजु लामाले गायका छन् भने ३ ओटै गीतमा संगीत भने दावा डी. ह्योल्मोले भरेका छन् ।
राम कुमार के. सी.को छायांकन रहने उक्त चलचित्रमा नायक ठिलेन लामा, नायिका निमा डोल्मा लामा र दावा दोर्जे लामाको मुख्य भूमिका रहने चलचित्रमा छेम्बेल ह्योल्मो, भिम ज्यावा लामा, कान्छी माया र पेमा लामाको अभिनय रहने छ,त्यस्तै चलचित्रमा चर्चित हास्य कलाकार डोमा ह्योल्मोलाई अथिति कलाकारमा देख्न पाइनेछ ।
चलचित्र को कथा निर्देशक लामा को रहेको छ , पटकथा / संवाद आगत के सि को छ भने ह्योल्मो भाषाको अनुबाद ढले ह्योल्मो गरेका छन । उक्त चलचित्रमा निर्माण नियन्त्रक दावा संग्बु लामा रहने छन् भने लाइन प्रोडुसर मिंगमार लामा रहने बताइएको छ ।
चलचित्रले ह्योल्मो समुदायको वास्तविक रहनसहन, भेषभुषा र सस्कृतिलाई दर्शक सामु पस्कने बताउछिन चलचित्र निर्माती सर्किनी ह्याल्मो बताउछिन।
चलचित्र “मेतोक” का लेखक, निर्देशक तथा नायक ठिलेन लामाले अभिनय गरेको चलचित्र “अनुराग” यहि असोज १२ बाट प्रदर्शनमा आउदै छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

