नवलपरासी पश्चिमको सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री स्थानिय तह घोषणा ।
रबिन्द्र यादव
नवलपरासी पश्चिम, ३ भदौ । सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री स्थानिय तह घोषणा भएको छ । नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीको अध्यक्षतामा भएको बालमैत्री नगर घोष्णा समारोह बिच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आईतबार एक भव्य समारोह बिच नगरपालिकालाई नेपालकै पहिलो बालमैत्री स्थानिय शासन नगर घोषणा गरेका हुन् ।
सुनवल नगरपालिकाको वार्ड नम्बर १२ भुमहीमा आयोजित बालमैत्री नगर घोषणा समारोहमा संघिय संरचना अनुसार नगरमा थपिएको ११,१२ र १३ वटा वडालाई बालेमैत्री वडा घोषणा गरिदै सुनवल नगरपालिकालाई नेपालकै पहिलो बालमैत्री स्थानिय तहको रुपमा घोषणा गरिएको नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले बताए । यस भन्दा पहिला सुनवल नगरपालिकामा रहेको १० वटा वडा सहित नगर बालमैत्री घोषणा भईसकेको थियो ।
समारोहको प्रमुख अतिथिको रुपमा रहेको प्रदेश ५ को मुख्यमन्त्री शंकर पाख्रेलले सुनवल नगरपालिकालाई बधाई दिदै यस नगरपालिकाले नेपालमै उदहारण कार्य गरेको प्रशंशा गरे । त्यसै बिच विशिष्ट अतिथि एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल, राष्ट्रिय सभा सदस्य रामलखन हरिजन, प्रदेश ५ को भौतिक तथा पुर्वधार मन्त्री बैजनाथ चौधरी, प्रदेश ५ को सांसद बैजनाथ जयसवालले पनि नगरपालिकालाई बधाई ज्ञापन गरेका हुन् ।
नगर प्रमुख थापाले समारोहमा, नगरमा रहेको कुल १६० वटा बाल क्लबहरु, १३ वटा वडा स्तरिय बालक्लब संजाल र १ नगर स्तरिय बाल क्लब संजाल रहेको जनाकारी गराउदै नगरमा कुल ६८ हजार ८२ जन संख्या मध्ये २८ हजार २६० जना बालबालिका रहेको बताए । समारोहमा विभिन्न बालक्लबहरुले बालबालिकाको झक्लो दिने गरि नृत्य तथा विभिन्न सांस्कृतिक कला प्रस्तुत गरेका थिए ।




सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

