खुसीको खबर स्मार्ट लाइसेन्स लिन अब कुर्नु नपर्ने
जानकारी केन्द्र
२०७५, भाद्र, १४
काठमाडौं |
यातायात व्यवस्था विभागले बिना तयारी २०७२ मंसिर २० बाट स्मार्ट लाइसेन्स वितरण शुरु गर्यो तर त्यो कामको परिणाम आजसम्म पनि उपभोक्ताले भोग्दै आएका छन् । पछिल्लो समय १ बर्षसम्म कुर्दा पनि आफ्नो लाइसेन्स नपाएको भन्दै अधिकांश उपभोक्ताले विभागलाई गाली गर्दै आएका छन् ।विभागले अध्ययननै नगरी स्मार्ट लाइसेन्स वितरण गर्न थालेपछी लाइसेन्सको माग र छापिने शंख्याको तालमेल नमिल्दा तथा छापिने मेसिनसमेत पटक-पटक बिग्रने गर्दा उपभोक्ता मारमा परेको कुरा अधिकारीहरुले नै बताउने गरेको कुरा हो । तर अबको केहि महिनामै यो संमस्या समाधान हुने यातायात व्यवस्था विभागले जनाएको छ । यस अघि दैनिक १५०० कार्ड प्रिन्ट गर्ने क्षेमताको मेसिनहरु प्रयोग भएकोमा अब भने १ घण्टामै ५०० लाइसेन्स छाप्ने मेसिन ल्याइने भएको छ । जसको लागि यही महिनाको अन्त्यतिर बोलपत्र आब्हान गर्ने तयारी छ ।
अब ल्याउने मेसिनले दैनिक ८ घण्टा मात्र लाइसेन्स प्रिन्ट गरेपनि ४ हजार लाइसेन्स प्रिन्ट गर्नेछ । यस अघि १५०० कार्ड प्रिन्ट गर्ने मेसिन बिभागसँगनै हुँदा अब दैनिक ५ हजार भन्दा बढी कार्ड प्रिन्ट हुने हुँदा लाइसेन्सको लागि १ बर्षसम्म कुर्नुपर्ने समस्या नरहने बिभागले जनाएको छ । अहिले दैनिक ४ हजार स्मार्ट लाइसेन्स माग भईरहेको अवस्थामा १५०० मात्र प्रिन्ट हुने त्यो पनि कहिलेकाही मेसिनमा खरावीको कारण समस्या हुने गरेको अवस्था छ ।
१० लाख स्मार्ट कार्डका लागि १८ करोड र प्रिन्ट मेसिनको लागि ४ करोड रुपैंया छुट्याइएको विभागका निर्देशक तुलसीराम अर्यालले जानकारी दिएका छन् । उनका अनुसार बोलपत्र आब्हानका लागि १ महिनाको समय निर्धारण गरिएको छ । यसको १५ दिनमा कम्पनीको अध्ययन गरी कम्पनी छनोट गरिनेछ । अहिले स्मार्ट लाइसेन्स समयमै नपाउँदा हजारौं सवारी चालकहरु विभागको राजस्व तिरेको रसिद देखाएरै सवारी चलाउन बाध्य छन् । विभागले ट्रायल परिक्षा उत्तिर्ण गरेका २ लाख भन्दा बढी व्यक्तिको लाइसेन्स छपाई गर्न बाँकी रहेको छ ।
सम्बन्धित समाचार
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
ट्रेन्डिङ
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
