कुन देश जाँदा म्यानपावरलाई कति तिर्ने ? हेर्नुहोस् देशगत लागत खर्च
काठमाडौं । नेपालबाट बैदेशिक रोजगारीमा जानको लागि संस्थागत रुपमा १ सय १० देश खुला गरिएको छ । यी मध्ये इराक र लिविया हाल रोक्का गरिएको छ । बैदेशिक रोजगारीमा जाँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने सेवा शुल्कबारे जानकारी नहुँदा ठगिनुपर्ने हुन्छ तसर्थ ठगिनबाट जोगिनको लागि आफुँ जान लागेको देशमा जाँदा लाग्ने सेवा शुल्क बारे जानकार हुनु जरुरी छ ।
सरकाराले कामदारबाट म्यानपावर कम्पनीले लिन पाउने अधिकतम सेवा शुल्क तोकेको छ। जसअनुसार हाल मलेसिया सहित खाडीका ६ देश कतार, साउदी, कुवेत, बहराइन,ओमान, युएईको लागि फ्रि भिषा र फ्रि टिकट अनिवार्य गरिएको छ भने सेवा शुल्क बढिमा १० हजारसम्म म्यानपावर कम्पनीले लिन छुट दिइएको छ। यधपी मलेसियाको लागि कामदारको सबै खर्च रोजगारदातालाई नै तिराउने गरि कार्तिक १२ गते नेपाल र मलेसिया विच श्रम सम्झौतामा हस्ताक्षर हुँदैछ । सो पश्च्यात नेपालीहरु मलेसियामा निशुल्क रुपमा रोजगारीमा जान पाउनेछन् ।
मौरिसस् को लागि १ लाख ९ हजार ९ सय, जापानको लागि टिकट बाहेक ५० हजार, रसियाको लागि ८० हजार, पोल्याण्डको लागि ८० हजार ४ सय, पोर्चुगलको लागि ६५ हजार, लिबिया ९० हजार (४१७५ खाना, आवास सुविधा सहित) तोकिएको छ । त्यस्तै इपिएस मार्फत दक्षिण कोरियाको लागि ७ सय ७० युएस डलर, अल्जेरियाको लागि सिप भएकाको लागि १ लाख १८ हजार र स्टाफको लागि १ लाख २३ हजार सेवा शुल्क तोकिएको छ ।
यी देश बाहेक सेवा शुल्क नतोकिएका मुलुकको हकमा अधिकतम ६ महिनाको तलब बराबर म्यानपावर कम्पनीले लिन पाउने प्रावधान रहेको छ । यदि म्यानपावर कम्पनीले यो सेवा शुल्क भन्दा बढी लिएमा बैदेशिक रोजगार विभागमा उजुरी गर्न सकिन्छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

