मजदुरबाट अरवपति बनेका मालिकले दिए आफ्ना ६०० कर्मचारीलाई कार उपहार
काक्तिक । भारतका हिरा ब्यापारी सब्जीभाईको अहिले सामाजिक संञ्जालमा चर्चाका पात्र बनेका छन । अहमदाबादका ति चर्चित उद्योगपति तथा समाजसेवी सब्जीभाई ढोलकियाले आफ्ना कर्मचारीलाई यस वर्षको दिपावलीमा आफ्ना कामदारहरुलाई ६ सय कार उपहार दिने घोषणा गरेर सबैलाई अचम्म पारिदिएका छन ।
श्री हरिकृष्णा एक्सपोर्टका दिव्यांग कर्मचारी र हिरा कागिरहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको हातबाट कारको चाबी हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।सब्जीभाईले यस्ता उपहार पहिलोपटक भने दिएका होइनन् । यसअघि पनि उनले आफ्ना कर्मचारीहरुलाई कुनै बेला घर, फ्लयाट त कुनै बेला महंगा कारहरु उपहारस्वरुप दिँदै आईसकेका थिए ।
डायमण्ड कम्पनी श्री हरिकृष्णा एक्सपोर्टका मालिक सब्जीभाई ढोलकिया मूलरुपमा रौराष्ट्रको पाटीदार समुदायका हुन । पढाई गर्न नसकेपछि उनी सूरतमा हिरा कारिगरको रुपमा काम गर्न थालेका थिए ।
मजदूरको रुपमा काम शुरु गरेका उनले बिस्तारै आफ्नै कम्पनी खोलेर प्रसिद्ध कमाउन सफल भएको जानकारी उनले बेला–बेलमा दिदै आएका छन।लोयल्टी कार्यक्रम अन्तर्गत सन् २०११ मा उनले आफ्ना मेहनती, कुशल र इमान्दार कारिगरहरुलाई उपहार दिन शुरु गरेका थिए । कम्पनीमा १५ सय कर्मचारी र कारिगर काम गर्छन् जस मध्ये ६ सय जनालाई कार उपहारको रुपमा प्रदान गर्ने कार्यक्रम रहेको जनाईएको छ । एजेन्सी
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

