म्यानचेस्टर सिटी काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश
जानकारी केन्द्र
२०७५, कार्तिक, १६
कात्तिक । साविक विजेता म्यानचेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा प्रिमियरशीप प्रतिद्वन्द्वी फुल्हमलाई २–० ले हराउँदै म्यान सिटी क्वाटरफाइनलमा पुगेको हो ।
खेलमा सिटीका लागि दुबै गोल स्पेनिस खेलाडी ब्रहिम डियाजले गरे । काराबाओ कप फुटबलको क्वाटरफाइनलमा अब सिटीले लेस्टर वा साउथह्याम्टन विचको विजेतासँग खेल्नेछ ।
गएरातिको खेलमा सिटीका बेल्जियन मिडफिल्डर केभिन डे ब्रायन घाईते भएका छन् ।चोटकै कारण गत अगष्टदेखि मैदानबाट टाढा रहेका डे ब्रायन दुई हप्ता अघि मात्रै मैदानमा फर्किएका थिए । डे ब्रायनको पछिल्लो चोट कति गम्भिर छ भन्नेबारे केही खुलाइएको छैन ।
एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

