• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, पुष १२, २०८२
शनिबार, पुष १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ९. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

  • १०. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

कांग्रेसको विधानमा विवाद

काठमाडौं १४ कार्तिक । कांग्रेसको मस्यौदा विधान विकल्पसहित केन्द्रीय कार्यसमितिमा पेस हुने भएको छ। विधानको अन्तिम मस्यौदामा पनि विधान मस्यौदा समिति सदस्यबीच सर्वसम्मति नभएपछि विकल्पसहित पठाइने भएको हो। कार्यसमितिको आकार र पदाधिकारी संख्यालगायत ६ मुख्य बुँदामा विकल्पसहितको मस्यौदा समितिले तयार पार्न लागेको हो।विधान समितिले कात्तिक १६ गतेसम्म अन्तिम मस्यौदा तयार पार्नेछ। समिति सदस्य प्रदीप पौडेलका अनुसार अधिकांश विषय टुंगिए पनि केहीमा विकल्पसहित जाने अवस्था छ। उनले भने, ‘अझै एक दुई दिन बाँकी छ, हेरौं कतिसम्म एकमत हुन्छ।’ समिति सदस्यहरूका अनुसार खासगरी सभापति र शीर्ष तहका नेताहरूबीच मतभिन्नता हुने विषयमा सहमतिको वातावरण बन्ने विकल्पसहित मस्यौदा पठाउन खोजेको हो।

यसअघि समितिले बनाएको प्रारम्भिक मस्यौदामा सबै विषयमा विकल्प राखिएको थियो। प्रारम्भिक मस्यौदामा केन्द्रीय सदस्यको संख्या १ सय १, १ सय २३ वा १ सय ३३ मध्ये कुनै एउटा बनाउन सकिने प्रस्ताव गरिएको थियो। यसैगरि सभापतिबाहेक दुई उपसभापति, दुई महामन्त्री, तीन सहमहामन्त्री र एक कोषाध्यक्ष राख्ने प्रस्ताव मस्यौदामा थियो। केन्द्रीय पदाधिकारीको संख्या बढाउने र सभापतिले मनोनीत गर्ने प्रावधानले सभापतिलाई अझ बलियो बनाउने भन्दै देउवाइतर नेताले विरोध गरेका थिए।

मत बाझिएपछि मस्यौदा समितिले दुई थरिकै प्रस्ताव समेटेर अन्तिम मस्यौदा बनाइरहेको छ। समितिभित्रै पनि पदाधिकारी संख्या बढाउने कि नबढाउने, समावेशी समानुपातिक कसरी बनाउने, केन्द्रीय सदस्यले सीधै महाधिवेशन प्रतिनिधि बन्न पाउने कि नपाउने, बाधा अडकाउ फुकाउको व्यवस्था गर्ने कि नगर्ने, संसदीय र अनुशासन समिति कसरी बनाउने समिति सदस्यबीच फरक धारणा देखिएको हो। मत बाझिएपछि समितिले दुई थरिकै प्रस्ताव समेटेर अन्तिम मस्यौदा बनाइरहेको छ।महासमिति भेला मंसिर ५–९ गते काठमाडौंमा हँुदैछ। भेलाले दुई तिहाइ मतले नयाँ विधान पारित गर्नुपर्नेछ। पार्टी सभापति शेरबहादुर देउवा केन्द्रीय समितिबाट मस्यौदा विधान सर्वसम्मत गराउने रणनीतिमा छन्।

सभापति देउवा र विरोधी खेमाबीच असहमति भएपछि समिति अहिलेकै व्यवस्था यथावत् राख्न सकिनेमा पुगेको छ। यसको टुंगो शीर्ष नेताहरूले गर्ने छन्। मस्यौदा समितिका अर्का सदस्य आनन्दप्रसाद ढुंगानाका अनुसार केन्द्रीय कार्यसमितिको बैठकअघि सबै टुंग्याउने प्रयास भइरहेको छ। उनले भने, ‘कतिपय विषय केन्द्रीय समितिमै गएर टुंगिए पनि त्यसले खासै फरक पर्दैन।’ उनका अनुसार केही विषय प्राविधिक भएकाले निक्र्योल गर्न ढिला भएको हो।मस्यौदा समितिले सधैं विवादित बनेको सदस्यता वर्गीकरणको विषय किनारा लगाउँदै एकै प्रकारको सदस्यता व्यवस्था गर्न सिफारिस गर्दै छ। साथै समितिले महाधिवेशन र महासमिति प्रतिनिधिसम्बन्धी प्रावधानको टुंगो लगाएको छ। उसले प्रादेशिक, जिल्ला र स्थानीय तहको संरचना तथा काम, कर्तव्य र अधिकारसमेत अन्तिम रूप दिएको छ। अन्नपूर्णपोष्टबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.