Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

प्रेमको चक्करमा परेका तीन किशोरीद्वारा विद्यालय भित्रै एकैसाथ विष सेवन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, कार्तिक, १७
प्रेमको चक्करमा परेका तीन किशोरीद्वारा विद्यालय भित्रै एकैसाथ विष सेवन

गुल्मी। गुल्मीको एक विद्यालयका तीन वटी छात्राले आज दिउँसो एकै साथ विष सेवन गरेका छन । रेसुङ्गा नगरपालिका ११ को सिमिचौर स्थित भगवती माध्यामिक विद्यालय कक्षा १० मा अध्यानरत छात्राहरु्रले विष सेवन गरेर बेहोस भएका ह्ुन  ।

रमिता नाम परिर्वनले माया प्रेमको चक्करमा पानीको बोत्तलमा विष राखेर पिएको र उनले पिएर राखेको सोही बोत्तलको पानी उनका साथीहरु सपना थापा र पार्वती बिसीले झुक्कीएर पिउँदा उनिहरु अर्धचेतन भई उपचार्थ पाल्पा पठाईएको प्रहरीले  जनाएको छ । उनिहरु तीनै जनाको उमेर १६ बर्ष भएको छ ।विद्यालय बन्द भए पनि एक जना शिक्षकले म्याथ विषय पढाउँदै थिए ।  सोही क्रममा उनिहरु पिसाव फेर्न जान्छौ भन्दै निस्कीएको बेला उक्त घटना घटेको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले बताए ।

घटनाका सम्वन्धमा गम्भीर अनुसन्धान हुनु पर्ने स्थानियको भनाई छ । को संग प्रेम सम्वन्ध थियो भन्नेबारे खुलेको छैन । माया प्रेम कै चक्करमा सोही गाउँकी एक किशोरीले गत वर्ष झुण्डिएर आत्माच हत्या गरेकी थिईन ।

Top Changing Nepal

युट्युब सट्स