नेइमार र किलियन एमबाप्पे चम्कँदा पिएसजीको सहज जित
जानकारी केन्द्र
२०७५, कार्तिक, १७
नेइमार र किलियन एमबाप्पे चम्कँदा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिगको १२ खेलसम्म लगातार जित निकालेको छ।शुक्रबार भएको लिग वान अन्तर्गतको खेलमा लिललाई २-१ ले हराउँदै लगातार १२ औं जित निकालेको हो। पीएसजीलाई जिताउन नेइमार र किलियन एमबाप्पेले समान एक-एक गोल गरे।
खेलको अन्तिम समय तिर लिलले सान्त्वना गोल फर्कायो। पहिलो हाफ गोलरहित भए पनि दोस्रो हाफमा पिएसजीले गोल गरेको हो। खेलको ७० औं मिनेटमा गोल गर्दै एम्बाप्पेले पिएसजीलाई अग्रता दिलाए। खेलको ८४ औं मिनेटमा नेयमारले एमबाप्पेको पासमा गोल गर्दै अग्रता दोब्बर पारे।
निकोलस पेपेले खेलको अन्तिम मिनेटमा पेनाल्टी मार्फत लिलका लागि गोल गर्दै खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त रहेन।यो जितसँगै पीएसजीले १२ खेलबाट सतप्रतिशत ३६ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको लिलको २५ अंक छ।
योसँगै युरोपियन क्लब फुटबलमा पिएसजीले ५८ वर्ष पुरानो कीर्तिमान तोडेको छ। पिएसजीले इंग्लिश क्लब टोटेनहमले बनाएको ११ खेलमा लगातार जितको कीर्तिमान उछिनेको हो। टोटेनह्यामले सन् १९६०/६१ को सिजन लगातार ११ खेलमा जित निकाल्दै उक्त कीर्तिमान बनाएको थियो। एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

